आइतबार, जेठ ८ २०७९
काठमाडौं ०९:४३
वासिङटन डिसी 23:58

अमेरिकामा कोरोनाको जाँच घरमै स्वयम गर्न सकिने ,बाइडेन धन्यबादको पात्र

इनेप्लिज २०७८ माघ ५ गते १:१० मा प्रकाशित

अमेरिकामा ओमीक्रोन कोरोना भाइरस संस्करणको ज्यादै वृद्धि संगै अमेरिकी जनतालाई सरल र सुलभ होस् भनि राष्ट्रपति जो बाइडेनले घरमै स्वयमले कोरोना संक्रमित भएको या नभएको पत्ता लाग्ने उपकरण घरमै पठाई दिने भएका छन् । उनले त्यसको साथै अमेरिकी जनतालाई अझ राम्रो खालको मुखावरण (मास्क)समेत पठाउने प्रतिवद्धता गरेका छन् । अमेरिकामा कोरोना जचाउन कतै जानु नपर्ने गरि सरल रुपमा आफैले जाँच्न पाउने भएकोले नेपाली समुदायले माग फाराम भरि आदेश दिई सकेका छन् भने माग गर्ने क्रम जारी रहेको छ ।

जनवरी १८ का दिन बिहान संजालस्थल (वेबसाइट )चालु गरि अमेरिकी हुलाकबाट एकदमै छोटो र सरल सूचना दिए मात्र पुग्ने संजालस्थल बनाए पछि सबैले भटाभट आफ्ना परिवारको लागि आवेदन भरेका छन् ।

संघीय सरकारले चुपचाप संजालस्थल (वेबसाइट ) सुरुवात गरि सिधै मगाउनेहरुले सिधै घरमा प्राप्त गर्न सक्ने छन् । यो मगाउदा पैसा तिर्नु नपर्ने र यो निशुल्क वितरण गरिएको छ ।

कोभिडटेस्टस डट गभ बिटा चरणमा रहेको बताउदै प्रारम्भिक चरणहरूमा परीक्षण गरिएको व्हाइट हाउस की संचार सचिव जेन साकीले ह्वाइट हाउसमा पत्रकारहरूलाई भनिन । “यो भोलि बिहान औपचारिक रूपमा सुरु हुनेछ।” उनले बताइन ।

बुधवार सम्म औपचारिक सुरु हुने अपेक्षा गरिएको थिएन भनि ह्वाइट हाउसका एक अधिकारीले सिएनएनलाई बताए ।

“संजालस्थल (वेबसाइट)प्रारम्भ गर्ने उत्कृष्ट अभ्यासहरूसँग पङ्क्तिबद्धतामा कोभिडटेस्टस डट गभ हाल यसको बिटा चरणमा छ, जसको अर्थ संजालस्थल (वेबसाइट)ले यसको आधिकारिक सुरुवात अघि सीमित क्षमतामा काम गरिरहेको छ,” ह्वाइट हाउसका एक अधिकारीले सीएनएनलाई भने।

यो समस्या निवारणलाई सम्बोधन गर्न र भोलि सम्भव भएसम्म आधिकारिक शुभारम्भ सुनिश्चित गर्नको लागि मानक अभ्यास हो। हामी भोलि मध्य-बिहान आधिकारिक रूपमा संजालस्थल (वेबसाइट )सुरू गर्ने आशा गर्दछौं।”

आदेश दिएकाहरुको सामान जनवरीको अन्त्य सम्म ढुवानी गरिने छ भने ढुवानी अमेरिकी सरकारी हुलाकले गर्ने छ । एक घर/परिवारले ४ वटा मात्र परीक्षण उपकरण मगाउन पाउने छन् । प्रारम्भिक चरणमा एक घरको लागि ४ वटा मगाउन पाउने छन् ।

साकीले संजालस्थल परीक्षणको चरणमा रहेको र बुधबार बिहान आधिकारिक रूपमा सुरु हुने बताएकी थिइन् । मंगलबार परीक्षण चरणको क्रममा राखिएका आदेश अर्थात् माग मान्य हुनेछन् र पठाइनेछ, व्हाइट हाउसका प्रवक्ता केभिन मुनोजले सीएनबीसीलाई भने।

हुलाक सेवालाई आदेश दिएपछि ७ देखि १२ दिनमा परीक्षण उपकरणहरू पठाउने बाइडेन प्रशासनले जनाएका छन् ।

प्रतिक्रिया