हिमानी शाहलाई अमेरिकामा भव्य स्वागत (बिशेष तस्बिर र श्रब्य दृश्य सहित )
जनवरी १८ । अमेरिकामा बसोबास गर्ने नेपालीहरुले हिमानी शाहलाई अमेरिकामा भब्य स्वागत गरेका छन् । उहा आज मंगलबारको दिन अमेरिकाको डिसी महानगर क्षेत्रमा रहेको डलस अन्तर्राष्ट्रिय विमानस्थलमा उहा आई पुग्नु भएको हो ।
हिमानी ट्रष्ट युएसएको बृहत उद्घाटन कार्यक्रमको लागि हिमानी ट्रष्ट युएसएको निमन्त्रणामा उहा आउनु भएको आयोजकहरुले ईनेप्लिजलाई जानकारी दिएका छन् ।
उहा आज दिउसो अमेरिका अवतरण गर्दा हिमानी ट्रष्ट युएसएका पदाधिकारीहरुको साथै समाजिक क्षेत्रमा स्थापित सामाजिक अभियन्ताहरुले उहालाई पुष्प गुच्छा तथा खादाद्वारा सम्मानपूर्वक हर्सोउल्लासको साथ सबैले स्वागत गर्नु भएको छ ।
बिमान स्थलमा पुग्नेहरुमा हिमानी ट्रष्ट युएसएका भर्जिनिया निवासी अध्यक्ष हरि शर्मा ,महासचिव आनन्दु लामा,क्यालिफोर्नियाबाट आउनु भएका सामाजिक अभियन्ता अनिल पाण्डे ,भर्जिनियाका अरुण रुपाखेती ,हिमानी ट्रष्ट युएसएका केन्द्रीय सदस्य मोहन निरौला,चर्चित समाचार वाचिका रमा सिंह ,सामाजिक महिला कार्यकर्ता प्रभा भट्टराई देउजा लगायत स्वागत गर्न त्यहाँ पुग्नु भएको थियो ।
उहालाई भेट्न र स्वागत गर्न भर्जिनिया,वाशिंगटन डिसी ,क्यालिफोर्निया ,टेक्सस ,कोलोराडो लगायत राज्यहरुबाट हिमानी ट्रस्टका शाखाहरुका पदाधिकारीहरु आउनु भएको छ ।
गत जनवरी १७ सोमबारका दिन भर्जिनियामा आयोजित हिमानी ट्रष्ट युएसएको बृहत उद्घाटन कार्यक्रमबारे पत्रकार सम्मेलनमा हिमानी शाहको अमेरिका अधिकारिक बसाई करिव २ हप्ता हुने जानकारी दिईएको थियो । यस पटक उहा डिसी महानगर क्षेत्र तथा न्यूयोर्कमा हुने कार्यक्रममा सहभागी हुनु हुने छ भने भर्जिनियामा जनवरी १८ बुधबार बिहान हिमानी ट्रस्ट युएसएको उदघाटन कार्यकम राखिएको छ ।
बुधबार नै साँझ मेरिल्याण्ड राज्यमा उहा एक कार्यक्रममा सरिक हुनु हुनेछ । आयोजकहरुले दिएको जानकारी अनुसार उहाले अमेरिकामा ज्ञान ,शिक्षा र शीप हासिल गरेका र देशको लागि सेवा गर्न इच्छुक विभिन्न समूहसंग भेटघाट गर्नु हुनेछ ।
यस पटक वाशिंगटन डिसी क्षेत्र र न्यूयोर्क राज्य बाहेक अन्य क्षेत्रमा उहाको कार्यक्रम नरहेको र कोरोना महामारीको अवस्थालाई मध्ये नजर गर्दै जती सक्दो नेपाली समुदायसंग उहाले भेट्ने इच्छा गर्नु भएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
स्मरण रहोस ,हिमानी ट्रष्ट युएसएका विभिन्न शाखाहरु खोलिएका छन् भने खोल्ने क्रम जारी रहेको छ । हिमानी ट्रष्ट युएसए अमेरिकी सरकारमा आधिकारिक रुपमा दर्ता भएको गैर मुनाफा सामाजिक संस्था हो ।
हिमानी ट्रष्ट : “धर्म, वर्ग, जाती, दल र सम्प्रदाय” भन्दा धेरै माथि उठेर नेपाल र नेपालका महिला,अशक्त, वृद्ध, विधवा तथा वाल-बच्चाका साथै शिक्षा-स्वास्थको विकासमा महत्वपूर्ण सहयोग गर्ने विशुद्ध समाजिक संस्था हो ।
तस्बिर/युट्युब कृतज्ञता : अनिल पाण्डे
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया