आइतबार, जेठ ८ २०७९
काठमाडौं १०:०३
वासिङटन डिसी 00:18

र्‍यापर विक मेन्सालाई डलस विमानस्थल आइपुगेपछि लागुपदार्थको आरोपमा पक्राउ

इनेप्लिज २०७८ माघ ४ गते १२:२७ मा प्रकाशित

र्‍यापर विक मेन्सालाई अमेरिका आए पछि लागुपदार्थको आरोपमा पक्राउ गरिएको छ ।

र्‍यापर विक मेन्साले डलस अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार अधिकारीहरूले गत शनिबार आफ्नो सामानमा लागु औषध लुकाइएको पाइएकोले उनलाई प्रहरीले पक्राउ गर्नुको साथै उनले आरोपको सामना गर्नु परेको छ ।

भन्सार तथा सीमा सुरक्षा विभागका अनुसार मेन्साह जसको कानुनी नाम भिक्टर क्वेसी मेन्साह हो । २८ बर्षिय गायक घानाबाट बिहान ७ बजे डिसीस्थित डलस विमानस्थल आइपुगेका थिए ।

सामान निरीक्षणको क्रममा अधिकारीहरूले ४१ ग्राम एएसडी , लगभग १२४ ग्राम साइलोसाईबिन गोली (क्याप्सुल); १७८ ग्राम साइलोसाबिन इडीबल्स(खाद्य) र ६ ग्राम साइलोसाबिन च्याउ जफत गरेका थिए ।

श्रोत :डब्लुटिओपी

प्रतिक्रिया