आइतबार, जेठ ८ २०७९
काठमाडौं ११:२३
वासिङटन डिसी 01:38

मेरिल्याण्डमा भारतीय मूलका एक व्यक्तिले पत्नीसँग व्यवसाय बिषयमा असहमति भएकोले गाडीले ठक्कर दिदा पत्नीको घटनास्थलमा मृत्यु

इनेप्लिज २०७८ माघ ४ गते ११:५६ मा प्रकाशित

मेरिल्याण्डमा भारतीय मूलका एक व्यक्तिले पत्नीसँग व्यवसाय बिषयमा असहमति भएकोले गाडीले ठक्कर दिदा पत्नीको घटनास्थलमा मृत्यु भएको मोन्टगोमेरी काउन्टी प्रहरीले जनाएका छ । उक्त व्यक्तिलाई हाल हिरासतमा लिइएको छ ।

अदालतका कागजातहरू अनुसार दम्पती मोन्टगोमेरी काउन्टीमा आफ्नो मदिराको व्यवसाय (वाइन र बियर स्टोर)को नवीकरण गर्ने कि नगर्ने भन्ने कुरामा असहमतिमा भएको पतिले जासूसहरूलाई भने।

हिमांशु मगनलाल तन्ना नामक व्यक्तिले आफ्नी श्रीमतीलाई बैंकमा लगेर बाहिर निस्कने बित्तिकै गाडीले ठक्कर दिएका थिए ।

मेरिल्याण्डको मोन्टगोमेरी काउन्टीमा रहेको बैंक बाहिर आफ्नी श्रीमतीलाई गाडीले प्रहार गरी हत्या गरेको शुक्रबार प्रहरीलाई बताए ।

उनकी श्रीमतीलाई आफ्नो स्वामित्वमा रहेको मदिरा पसलमा आर्थिक समस्या भएको र उनले पत्नीले खर्च गरिरहेको विश्वास गरे भनि अदालतको कागजातमा उल्लेख गरिएको छ ।

कोल्सभिलस्थित न्यु ह्याम्पशायर एभिन्यूको १३३०० घर संख्या (ब्लक)मा रहेको क्यापिटल वन बैंकबाट बाहिर निस्किएकी ५९ वर्षीया अलका हिमांशु तन्ना गाडी अडान स्थल (पार्किङ) पार गर्न लाग्दा उनका श्रीमान् ५९ वर्षीय हिमांशु मगनलाल तन्नाले गाडीले ठक्कर दिए र त्यहाँ रहेको खम्बालाई समेत गाडीले फेरि पत्नीलाई हिर्काए ,प्रहरीले भने।

अल्का तन्नाको घटनास्थलमै मृत्यु भएको थियो भने प्रहरीले हिमांशु तन्नालाई नियन्त्रणमा लिएको थियो । उनलाई प्रथम श्रेणी हत्याको अभियोग लगाइएको छ ।

मोन्टगोमेरी काउन्टी मदिरा इजाजतपत्र अभिलेखहरूले दम्पतीले ग्लेनमन्टमा व्हीटन पार्क बियर र वाइन कर्पोरेशनको स्वामित्व भएको व्यवसाय देखाउँदछ भनि एनबिसीवाशिंगटनले समाचार लेखेको छ ।

व्यवसायका लागि नवीकरणको समय नजिकिँदै गर्दा पसल राख्ने वा नराख्ने भन्ने विषयमा आफू र अल्काबीच मतभेद भएको हिमांशुले बताए । उनी नवीकरण गर्न चाहन्थिन् र तर उनि नवीकरण गर्न चाहदैन थिए ।

उनले जासूसहरूलाई बताए कि उनले आफ्नो घरमा राखेको २ लाख डलर नगदबाट पैसा हराएको देखे र अल्काले आफूले किनेको कुराको कुनै स्पष्टीकरण नदिई खर्च गरिरहेको विश्वास गरे भनि अदालतको कागजातमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया