बेलायतबाट सुन्दरी सृजनाले ल्याइन् ‘फूलहरु मगमग’को भिडियो

इनेप्लिज २०७८ माघ ४ गते ११:३५ मा प्रकाशित

काठमाडौँ ।कलाकारितामा १ दशक बढी समय बिताइसकेकी सुन्दरी मोडल तथा भ्लगर सृजना निङ्लेखुको बेजोड अभिनय रहेको  फूलहरु मगमगको म्युजिक भिडियो सार्वजनिक भएको छ।गायिका  मेलिना राईको स्वर रहेको गीतको भिडियो बेलायतका  रमणीय स्थानहरुमा छायांकन गरिएको हो।रेडियो, टेलिभिजन कार्यक्रम प्रस्तोताको लामो अनुभव बटुलीसकेकी सृजनालाई थ्रिएटर,रंगमञ्च,भ्लग हुँदै व्यवसायसम्मको अनुभव संगालीसकेकी सृजना आफ्नो पछिल्लो कामको नजिता देखेर निकै खुशी छिन् ।

फूलहरु मगमगको भिडियो बजारमा आएसँगै उनलाई शुभकामना दिने र हौस्याउनुहरु बढेको बताउँछिन् सृजना।सार्वजनिक भिडियोमा गज्जबसँग खुलेकी सुन्दरी सृजनाले आँफुलाई प्रकृतिसँग तुलना गर्दै आफ्नो सुन्दरताको वर्णन आफै र आफ्नो भावना प्रकृतिसँग पोखेकी छिन् ।  कन्चन थलङ लिम्बुको  शब्द तथा संगीत रहेको गीतको भिडियोलाई एक दशक भन्दा लामो समयदेखि बेलायतमा रहँदै आएका संचारकर्मी एवंम निर्देशक कुशल श्रेष्ठले निर्देशन गरेका हुन् भने भिडियोमा  निर्देशक श्रेष्ठकै छायांकन र  सम्पादन रहेको छ । प्रवासबाट सर्वाधिक धेरै र स्तरिय भिडियो निर्माण गर्ने निर्देशकको परिचय बनाएका निर्देशक कुशलले अन्य थुप्रै समुदायका भिडियो एवं चलचित्र समेत छायांकन गरेका छन्।भिडियो मोडल सृजनाको आफ्नै युट्युब च्यानल सृजना निङ्लेखुबाट सार्वजनिक गरिएको छ।

प्रतिक्रिया