प्रदेशको नाम ‘मधेश’ र राजधानी ‘जनकपुरधाम’काे खुसीयालीमा आज सार्वजनिक बिदा

इनेप्लिज २०७८ माघ ४ गते ४:२० मा प्रकाशित

काठमाडौं।आज ‘मधेश प्रदेश’मा सार्वजनिक बिदा दिइएको छ।नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको हो।

हिजो मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेश’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सार्वजनिक बिदा दिने घोषणा गरिएको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो।नाम र राजधानी निश्चित गर्ने मधेश छैटौँ प्रदेश हो।

प्रदेश(१ ले अझै नाम टुङ्गो लगाउन सकेको छैन।यसअघि वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नाम टुङ्गो लागिसकेको छ ।

प्रतिक्रिया