आइतबार, जेठ ८ २०७९
काठमाडौं १०:३५
वासिङटन डिसी 00:50

लस एन्जलस नजिकै गाडी दुर्घटनामा परी क्यालिफोर्नियाका ३ किशोरहरुको मृत्यु

इनेप्लिज २०७८ माघ ४ गते २:३१ मा प्रकाशित

क्यालिफोर्निया राज्यको लस एन्जलस नजिकै गाडी (कार)दुर्घटनामा परी क्यालिफोर्नियाका ३ किशोरहरुको मृत्यु भएको छ ।

क्यालिफोर्नियाका अधिकारीहरूका अनुसार तीन किशोरहरू चढेको गाडीले एक कर्ब(नियन्त्रण)लाई ठक्कर दिए पछि बारसँग ठोक्किएको थियो र पछि तटबन्धमा पल्टिएर मृत्यु भएको बताएका छन् ।

उक्त दुर्घटना आइतबार राति ८:३० बजे एकल सवारी दुर्घटना भएको हो । क्यालिफोर्निया राजमार्ग गस्ती प्रहरीका अनुसार पासाडेनाको एक चौबाटो नजिक दुर्घटना भएको बताईएको छ ।

प्रारम्भिक प्रतिवेदन अनुसार २००५ को होन्डा नजिकैको अन्तरराज्य २१० को एक उच्च स्थानमा दुर्घटनाग्रस्त भएको थियो भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

१७ वर्षीय चालक र १६ वर्षीय यात्रुको घटनास्थलमा मृत्यु भएको थियो भने अर्का तेश्रो १७ बर्षिय किशोर यात्रुको अस्पतालमा मृत्यु भएको अधिकारीहरूले भने।

प्रतिक्रिया