लस एन्जलसको यात्रीबाहक बिश्रामालयमा प्रतिक्षा गरि रहेकी एक महिला स्वास्थ्य परिचारिका(नर्स)को हमला पछि मृत्यु
अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसको एक यात्रीबाहक बिश्रामालय(बस स्टप )मा प्रतिक्षा गरि रहेकी एक स्वास्थ्य परिचारिकाको हमलापछि मृत्यु भएको छ । कोरोनाको महामारीमा कोरोना संक्रमितहरुलाई अग्रपंक्तिमा जनताको सेवा गर्ने एक स्वास्थ्यकर्मीको दुखद निधन भएको छ ।
लस एन्जलस प्रहरी विभागका अनुसार गत हप्ता नगरको केन्द्र बिन्दु (डाउनटाउन)मा यात्रीबाहक सवारी साधन (बस )कुर्दै गर्दा हिंस्रक आक्रमण भएपछि महिलाको मृत्यु भएको जनाएका छन् ।
उनी लामो समयसम्म कार्यरत स्वास्थ्य परिचारिका थिइन् भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।
उनि काम गर्ने सँस्थाका अनुसार उनले “अथक र निस्वार्थ रूपमा काम गरिन्” भनि वक्तव्य निकालेका छन् ।
प्रहरीका अनुसार गत बिहीबार बिहान करिब ५:१५ बजे युनियन स्टेसन नजिकैको यात्रीबाहक बिश्रमालय (बस स्टप)मा हमला भए पछि प्रहरीहरुलाई खबर गरिएको थियो ।
अधिकारीहरूले संदिग्ध केरी बेल भएको पत्ता लगाए । उनले पीडितको अनुहारमा प्रहार गरेका थिए जसको कारण उनि भुइँमा ढलेकी थिइन् । त्यस पछि उनको टाउको भाच्चिएको लस एन्जलस प्रहरी विभागले जनाए ।
प्रहरी र महानगर यातायात प्राधिकरणले संदिग्धको तस्बिर उक्त क्षेत्रका अधिकारीहरूलाई सार्वजनिक गरेका थिए । प्रहरीका अनुसार करिब ९० मिनेटपछि उनीहरूले घरबारविहीन बेललाई घटनास्थल नजिकै सुतिरहेको भेट्टाए।
संदिग्ध बेललाई हिरासतमा लिइएको छ । पीडित, ७० वर्षीया सान्ड्रा शेल्सलाई नजिकैको अस्पतालमा लगिएको थियो र उनको गत आइतवार मृत्यु भएको प्रहरीले जनाएका छन् ।
“एलए काउन्टी तथा यूएससी मेडिकल सेन्टर(चिकित्सा केन्द्र )ले आफ्नो लामो समयदेखि काम गर्ने स्वास्थ्यकर्मी (नर्स)को मृत्युमा शोक व्यक्त गर्दै ३८ बर्षको पेशागत कार्यकालमा उनको बिरामी र उनको समुदायप्रतिको अतुलनीय समर्पणको लागि सधैं सम्झना गरिनेछ भनि वक्तब्यमा जनाएका छन ।
“एक अग्रपंक्ति अत्यावश्यक कार्यकर्ताको रूपमा उनले महामारी भरि अनगिन्ती जीवन बचाउन मद्दत गरिन् र एक नायक गुमाउनु हृदयविदारक क्षति हो,” लस एन्जेलस काउन्टी र महा नगर बस यातायातका संचालक समितिका अध्यक्ष हिल्डा सोलिसले आइतबार सामाजिक संजाल ट्विटरमा उनको प्रशंसा गरे।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया