आइतबार, जेठ ८ २०७९
काठमाडौं १०:२९
वासिङटन डिसी 00:44

अमेरिकाको पूर्वीय राज्यहरुमा आएको हिमपातको कारण ५ करोड मानिस प्रभावित ,अब हिमपात न्यूयोर्क तर्फ हुने

इनेप्लिज २०७८ माघ ३ गते १२:०२ मा प्रकाशित

अमेरिकाको पूर्वीय राज्यहरुमा आएको हिमपातको कारण ५ करोड मानिस प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । अब हिमपात न्यूयोर्क र अन्य राज्यमा पर्ने भविष्यवाणी गरिएको छ । । ५० मिलियन अर्थात् ५ करोड मानिसहरुलाई जाडो मौसमको सतर्कता र सावधान हुन् आह्वान गरिएको थियो ।

अमेरिकाको डिसी महानगर क्षेत्रमा ३- ८ इञ्च सम्म हिउ परेको छ । मौषम बिभागको अनुसार सोमबार बिहान देखि फ्लोरिडा देखि मेन सम्म ठूलो हिमपात ,आँधी ,घुम्र्पात (टोर्नाडो)हरू, चिसो वर्षा हुने भएको छ ।

आइतवार दक्षिणपूर्वमा व्यापक बिजुली कटौती र प्रमुख सडकहरूमा सवारी साधन दुर्घटना हुँदा बाटो अबरोध भएका थिए ।

न्युयोर्क,पिट्सबर्ग र बफेलोमा ८ देखि १२ इन्चसम्म हिउँ पर्ने छ। राष्ट्रिय मौसम सेवाका अनुसार सोमबार तल्लो ग्रेट लेक नामक क्षेत्र हुँदै माथिल्लो ओहायो उपत्यकामा १ फिटभन्दा बढी भारी हिउँ पर्ने अपेक्षा गरिएको छ।

सोमबार ४५ माइल प्रतिघण्टासम्म हावा चल्ने छ भने जबकि न्यूयोर्क शहरमा आइतवार देखि सोमबार राति सम्म ५५ माइल प्रतिघण्टाको गतिमा हावा चल्ने जनाईएको छ ।

हिमपातको कारण १ लाख ८० हजार ग्राहकहरुका घरमा बिद्युत बिच्छेदको भएको । नर्थ र साउथ क्यारोलाइनामा ३० हजार ग्राहकहरु बिजुली बिहिन भएका छन् । जर्जियामा लगभग २७ हजार ग्राहकहरुका घरमा बिजुली बिच्छेद भएको छ ।

यसै गरि भर्जिनियामा ७ हजार र पेन्सिलभेनियामा २३ हजार भन्दा बढी ग्राहकहरू अँध्यारोमा परेका छन भनि सिएनएनले समाचार लेखेको छ । यस क्षेत्रका हिमपातको कारण बिद्यालय बन्द गरिएका छन् भने केही राजमार्ग दुर्घटनाको कारण अस्थायी रुपमा बन्द गरिएका छन् ।

प्रतिक्रिया