भर्जिनियाका नयाँ गभर्नर ग्लेन योङ्गकिनले सपथ ग्रहण संगै ११ वटा कार्यकारी आदेशमा हस्ताक्षर
बिद्यालयमा मुखावरण अनिवार्य हटाए
भर्जिनियाका नयाँ गभर्नर ग्लेन योङ्गकिनले सपथ ग्रहण संगै ११ वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । उनले निर्वाचनको प्रचार प्रसार गर्ने क्रममा आफ्ना कार्यसूचीलाई प्राथमिकता दिदै त्यसलाई कार्यन्वयन गर्ने जनाए ।
उनले बिद्यालयमा मुखावरण अनिवार्य हटाएक अच्हन भने केही नीति परिवर्तन गर्ने कुरामा जोड दिएका छन् ।
ग्लेन युनकिनले गत शनिबार भर्जिनियाको ७४ औं गभर्नरको रूपमा शपथ ग्रहण गरे ।
भर्जिनियामा १२ वर्ष पछि रिपब्लिकनका गभर्नर ग्लेन योङ्गकिन बिजयी भएका हुन् भने उद्घाटनसँगै शनिबार नयाँ अध्यायको सुरुवात गरेका छन् ।
आफ्नो उद्घाटन भाषणमा योङ्गकिनले राज्यमा दिशा परिवर्तन गर्ने वाचा गरे, कोभिड-१९ का नीतिहरू, शिक्षा, आपराधिक न्याय र करहरूमा परिवर्तन गर्ने प्रतिबद्धता जाहेर गरे ।
उनले भर्जिनिया राज्यको राजधानी रिचमन्डमा सपथ ग्रहण लिएका थिए । आफ्नो उद्घाटनको केही घण्टाभित्रै ११ कार्यकारी आदेश र कार्यहरूमा हस्ताक्षर गर्न कुनै समय खेर फालेनन् भनी एनबिसी वाशिंगटनले समाचार लेखेको छ ।
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
प्रतिक्रिया