एफबीआईले टेक्ससको यहूदी उपासनागृहमा ४ जनालाई बन्धक बनाउने र संदिग्धको पहिचान ,उनि बेलायती नागरिक
एफबीआईले टेक्ससको कलिभलको यहूदी उपासनागृहमा ४ जनालाई बन्धक बनाउने र मारिने संदिग्धको पहिचान गरेको छ। एफबीआईले आइतवार उक्त बन्दुकधारी संदिग्ध व्यक्ति ४४ वर्षीय बेलायती नागरिक मलिक फैसल अकरम भएको बताएका छन ।
उक्त संदिग्धले गत शनिबार एक घण्टा लामो अवरोधमा चार जनालाई बन्धक बनाएका थिए । जसमा उद्धार टोलीले भवनमा पसेर संदिग्धलाई मारेका थिए ।
एफबीआईको बन्धक उद्धार टोलीले राति ९ बजेतिर बन्धकहरूलाई रिहा गरेपछि अकरमलाई मारेका थिए। टेक्ससको फोर्ट वर्थबाट करिब १५ माईल टाढा कोलभिल स्थित बेथ इजरायल सभागृहबाट अन्वेषकहरूले एक बन्दुक बरामद गरेका छन् ।
कलिभलका प्रहरी प्रमुख माइकल मिलरले गत शनिबार बिहान करिब ११ बजे सामाजिक संजाल फेसबुक र जुममा बिहानी सेवालाई प्रत्यक्ष प्रसारण गर्दा अकरम सभाघरमा प्रवेश गरेको झण्डै ११ घण्टा पछि समाधान भएको थियो ।
एक आध्यात्मिक शिक्षक (राबाइ)सहित चार जनालाई सुरुमा बन्धक बनाइएको थियो। एक बन्धकलाई करिव स्थानीय समय करिव ५ बजे सकुशल रिहा गरिएको थियो ।
उक्त बन्धक काण्डमा एफबिआइ र टेक्ससको सार्वजनिक सुरक्षा विभागले बन्दुकधारीसंग वार्तालाप गरेका थिए ।
मण्डली बेथ इजरायल युनियन फर रिफर्म (सुधारको लागि संघ)यहूदी धर्मसँग सम्बद्ध छ, जसको आधिकारिक अन्तर्जालस्थल(वेबसाइट) मण्डलीले १५७ सदस्यता परिवारहरूलाई सेवा गर्दछ भनि उल्लेख गरेको छ भनि सिएनएनले समाचार लेखेको छ ।
कलिभल शहरको यहूदी उपासनागृह १९९९ मा २५ परिवार सदस्यहरुबाट स्थापित गरिएको थियो । उत्तरपूर्वी टारन्ट काउन्टीमा यो पहिलो यहूदी सभागृह थियो। आधिकारिक रूपमा २००५ मा आफ्नै नयाँ भवन निर्माण गरिएको थियो ।
यो घटना बारे राष्ट्रपति जो बाइडेनलाई यसको जानकारी गराईएको थियो भने टेक्ससका गभर्नर र सिनेटरहरुले नजिकबाट यसलाई निगरानी राखेका थिए ।
प्रहरीले उक्त क्षेत्र खाली गरेको र प्रहरीले मानिसहरुलाई उक्त क्षेत्रमा नजान आग्रह गरेको थियो ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया