आइतबार, जेठ ८ २०७९
काठमाडौं ११:२०
वासिङटन डिसी 01:35

चलचित्र निर्देशक दिपक श्रेष्ठ सहित नेवारी संस्कृति र कलाको प्रवर्द्धन गर्न न्युयोर्कको टाइम स्क्वायर लाखे प्रदर्शन

विजय थापा २०७८ माघ २ गते १७:५८ मा प्रकाशित

अमेरिकाको भ्रमणमा आएका नेपाली चलचित्रका निर्देशक दिपक श्रेष्ठ सहित नेवारी समुदायले नेवारी संस्कृति र कलाको प्रवर्द्धन गर्न न्युयोर्कको टाइम स्क्वायर लाखे प्रदर्शन गरेका छन् ।

निर्देशक श्रेष्ठले ३ महिना अमेरिकाको बसाई पछि नेपाल फर्कनु अघि न्युयोर्कमा रहेका नेवा समुदायका सबैलाई समेट्दै र उनको पहलमा नेपालको नेवा समुदायको संस्कृति र कलाको जगेर्ना र प्रवर्द्धन गर्ने उद्धेश्यले नेवारी भेषभुषा सहित जम्मा भै लाखे नाच समेत प्रस्तुत गरिएको उनले ईनेप्लिजलाई बताए ।

अमेरिकाको न्युयोर्कमा स्थापित नेवा गुठिको पहल र अध्यक्ष विजय मान सिंहले सबैलाई समन्वय गरेका थिए भने उक्त कार्यकमको युट्युब पनि निर्देशक दिपक श्रेष्ठले बनाएका छन् ।

अमेरिकामा हिमपात र जाडो मौषममा बिश्वकै प्रसिद्ध ठाँउ टाइम स्क्वायरमा राती १० बजे भेला भै लाखे नाच प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा नेपाली चलचित्रकी नायिका नन्दिता केसी समेतको सहभागिता रहेको थियो । अमेरिकाको बसाईमा निर्देशक श्रेष्ठले २ वटा म्युजिक भिडियो (संगीत श्रब्य दृश्य )निर्देसन गरेका गरेका छन् ।

साथै नेवा गुठिले निर्माण गर्ने लघु चलचित्रमा पनि श्रेष्ठले निर्देशनको भूमिका निर्वाह गर्ने भएका छन् । नेपाल फर्कन अगाडी श्रेष्ठले अमेरिकाका विभिन्न राज्यहरुको भ्रमण गर्ने अवसर प्राप्त गरेको बताए । उनि जनवरी १६ आइतबारका दिन अन्तर्राष्ट्रिय जेकेएफ केनेडी विमानस्थलबाट कतार हवाई जहाजबाट नेपाल प्रस्तान गरेका छन् ।

 

प्रतिक्रिया