आइतबार, जेठ ८ २०७९
काठमाडौं ०९:३४
वासिङटन डिसी 23:49

टेक्ससको यहूदी उपासनागृहमा बन्धक बनाईएका ४ जनालाई सकुसल उद्धार ,संदिग्ध बन्दुकधारी मारिए

इनेप्लिज २०७८ माघ २ गते ११:३७ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको कलिभल शहरको यहूदी उपासनागृहमा बन्धक बनाईएका ४ जनालाई सकुसल उद्धार गरिएको छ । साथै संदिग्ध बन्दुकधारी मारिएको प्रहरीले जनाएका छन् ।

बन्धकहरूलाई करिब ११ घण्टाको संघर्षपछि सुरक्षित रूपमा उद्धार गरिएको अधिकारीहरूले बताए।

सर्वोत्कृष्ट(इलाइट) एफबीआई बन्धक उद्धार टोलीले गत शनिबार राति कलिभलको सभाघर तोडेर लगभग ११ घण्टाको बन्धक अवस्था पछि तीन बाँकी बन्धकहरूलाई सुरक्षित रूपमा उद्धार गरेको संघीय र स्थानीय अधिकारीहरूले भने।

४ जना मध्ये एक जना बन्धकलाई पहिले नै रिहा गरिएको थियो । कूल ४ जना बन्धक बनाईका सबैलाई सकुसल उद्धार गरिएको छ भने संदिग्ध मारिएका छन्

”प्रार्थनाले उत्तर दियो। सबै बन्धकहरू जीवित र सुरक्षित छन्,” टेक्ससका गभर्नर ग्रेग एबोटले फोर्ट वर्थको ठीक बाहिर सभागृहको दिशामा ठूलो धमाका र बन्दुकको आवाज सुनेको २० मिनेट पछि सामाजिक संजाल मार्फत ट्वीट गरि सन्देश दिए ।

एक आध्यात्मिक शिक्षक (राबाइ)सहित चार जनालाई सुरुमा बन्धक बनाइएको थियो। एक बन्धकलाई करिव स्थानीय समय करिव ५ बजे सकुशल रिहा गरिएको थियो ।

संदिग्धको पहिचान भएको छ, एफबीआई ड्यालस विशेष गुप्तचर प्रमुख म्याथ्यू डेसार्नोले बन्धकको उद्धार पछि पत्रकार सम्मेलनमा पत्रकारहरूलाई भने । तर अधिकारीहरूले अनुसन्धान जारी रहेकाले उनको पहिचान खुलासा गरिएको छैन ।

उक्त बन्धक काण्डमा एफबिआइ र टेक्ससको सार्वजनिक सुरक्षा विभागले बन्दुकधारीसंग वार्तालाप गरेका थिए ।

मण्डली बेथ इजरायल युनियन फर रिफर्म (सुधारको लागि संघ)यहूदी धर्मसँग सम्बद्ध छ, जसको आधिकारिक अन्तर्जालस्थल(वेबसाइट) मण्डलीले १५७ सदस्यता परिवारहरूलाई सेवा गर्दछ भनि उल्लेख गरेको छ भनि सिएनएनले समाचार लेखेको छ ।

कलिभल शहरको यहूदी उपासनागृह १९९९ मा २५ परिवार सदस्यहरुबाट स्थापित गरिएको थियो । उत्तरपूर्वी टारन्ट काउन्टीमा यो पहिलो यहूदी सभागृह थियो। आधिकारिक रूपमा २००५ मा आफ्नै नयाँ भवन निर्माण गरिएको थियो ।

यो घटना बारे राष्ट्रपति जो बाइडेनलाई यसको जानकारी गराईएको थियो भने टेक्ससका गभर्नर र सिनेटरहरुले नजिकबाट यसलाई निगरानी राखी रहेका थिए ।

प्रहरीले उक्त क्षेत्र खाली गरेको र प्रहरीले मानिसहरुलाई उक्त क्षेत्रमा नजान आग्रह गरेको थियो ।

प्रतिक्रिया