गैरआवासीय नेपाली संघको प्रेस विज्ञप्ती

इनेप्लिज २०७८ माघ २ गते १०:४१ मा प्रकाशित

आज मिति २०२२ जनवरी १५ तारिखका दिन संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१औँ बैठकले आसन्न निर्वाचनका सम्बन्धमा निम्नानुसार निर्णय गरेको जानकारी गराइन्छ । 

गैरआवासीय नेपाली संघको आगामी नेतृत्व चयनका लागि निष्पक्ष र पारदर्शी रुपमा निर्वाचन कार्यक्रम अघि बढाउन र महाधिवशेन प्रतिनिधिमा देखिएका असन्तुष्टीहरुलाई सम्बोधन गर्न संघका प्रमुख संरक्षक शेष घलेज्यूको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ ।  

समितिका सदस्यहरुमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतोसंरक्षकहरु देवमान हिराचनजीवा लामिछानेभवन भट्टराम प्रताप थापा र वर्तमान अध्यक्ष कुमार रहनुभएको छ । उच्चस्तरीय समितिले संघको विधान अनुरुप २६ जनवरी २०२२ सम्म महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली तयार गरि संघका अध्यक्ष कुमार पन्तमार्फत निर्वाचन समिति समक्ष पेश गर्नेछ ।  

बैठकले मिति २८ फेब्रुअरी २०२२ तारिखमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरुको निर्वाचन गर्ने निर्णय समेत गरेको छ । बैठकले आगामी १० औं महाधिवेशनमा पेश हुने महासचिव डा. हेम राज शर्माको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठको आर्थिक प्रतिवेदनलाई पारित गरेको जानकारी गराउँदछौँ ।  

सहमति र सहकार्यमा निर्वाचन कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक वातावरण तयार गर्न सहयोग गर्नु हुने संस्थापक अध्यक्षप्रमुख संरक्षकसंरक्षकहरुसल्लाहकारहरुपदाधिकारीहरु लगायत सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गर्दछौँ । साथैसंघको स्थायित्व नै विश्वभर छरिएर बसेका समस्त गैरआवासीय नेपालीहरुको गौरवको विषय भएको मनन गर्दै हालसम्मका समग्र आपसी मतभेद बिर्सेर निर्वाचनमा आ–आफ्नो स्थानबाट सहयोगसमर्थन र सहभागी भइदिन राष्ट्रिय समन्वय परिषदउम्मेदवारमतदाता तथा हाम्रा शुभचिन्तकहरुलाई अनुरोध गर्दछौँ ।  

 अन्त्यमामहाधिवेशनमा मतदान तथा उम्मेदवार बन्नको लागि अति आवश्यक र अनिवार्य फेसभेरिफिकेसन (सेल्फी रजिष्ट्रेशन) गरिदिनुहुन सबै महाधिवशेन प्रतिनिधिहरुलाई अनुरोध गर्दछौँ ।

 

प्रतिक्रिया