न्यूयोर्कमा रेलको अगाडी एसियाली मुलकी महिलालाई धकेल्दा मृत्यु
इनेप्लिज
२०७८ माघ २ गते ३:१० मा प्रकाशित
शनिबार न्यूयोर्क शहरको टाइम्स स्क्वायरमा भूमिगत रुपमा चलि रहेको रेलको अगाडी एसियाली मुलकी महिलाको धकेल्दा मृत्यु भएको प्रहरीले जनाएका छन् ।
न्यूयोर्क प्रहरी विभागले पीडित ४० बर्षिय महिलाको बिहान ९:३९ बजे टाइम्स स्क्वायरको ४२ औ मार्गको प्लेटफर्म (मन्च)बाट खस्दा दक्षिणतर्फ जाने रेलको बाटोमा मृत्यु भएको बताएका छन् ।
संदिग्ध आक्रमणकारी साइमन मार्शल भएको पहिचान भएको हो ।
“यो घटना उत्तेजित थिएन, र पीडितले यस विषयसँग कुनै अन्तरक्रिया गरेको जस्तो देखिदैन,” कार्यवाहक महानगरिय पारवहन प्राधिकरण अध्यक्ष जानो लिबरले बताए।
“यो दुखद दिन हो,” लिबरले भने।
४० वर्षीया पीडित एक एसियाली महिला थिइन्, तर मार्सलले घटनाअघि एसियाली नभएकी अर्की महिलालाई पनि गाली गर्ने गरेको प्रहरीले जनाए । पहिले पीडित भने सकुशल भागेकी थिइन् भनि युपीआईले समाचार लेखेको छ ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया