शुक्रबार, जेठ १३ २०७९
काठमाडौं १७:५५
वासिङटन डिसी 08:10

नर्थ क्यारोलाईनाको आकस्मिक कक्षमा झडप पछि प्रहरी अधिकारीले एक व्यक्तिलाई हिरासतमा गोली हान्दा मृत्यु

इनेप्लिज २०७८ माघ २ गते १:३७ मा प्रकाशित

प्रहरी हिरासतमा रहेका एक व्यक्तिलाई शनिबार बिहान नर्थ क्यारोलाईनाको आकस्मिक कक्षमा एक अधिकारीसँग झगडा गरेपछि गोली चलाउदा उक्त व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताए ।

ती व्यक्ति डरहम प्रहरीको हिरासतमा थिए र ड्यूक विश्वविद्यालय अस्पतालमा उपचार गराइरहेका थिए, स्थानीय समाचारहरुले समाचार लेखेका छन् ।

उपचारको क्रममा उनले एक प्रहरी अधिकारीसँग संघर्ष गर्न थाले र आफ्नो बन्दुक लिए, ड्यूक स्वास्थ्य निर्देशक सारा एभरीले एक वक्तब्यमा भनिन ।

ड्यूक विश्वविद्यालयका एक अधिकारीले उक्त व्यक्तिलाई गोली हाने वक्तब्यमा भनिएको छ । ड्यूक स्वास्थ्य चिकित्सा कर्मचारीले उक्त व्यक्तिलाई बचाउने प्रयास गरे तर बाँच्न सकेनन । अरु कोही घाइते भएनन् ।

ड्यूक विश्वविद्यालय प्रहरी विभागले अनुसन्धानमा सहयोग गर्न राज्य अनुसन्धान विभागलाई सम्पर्क गरेको छ । घटना पछि आकस्मिक कक्ष कम क्षमता गरि खुला गरिएको छ ।

व्यक्ति तथा प्रहरी अधिकारीको तत्काल पहिचान भएको छैन । ती व्यक्तिलाई किन गिरफ्तार गरियो र किन उपचार गराइयो भन्ने खुल्न सकेको छैन भनि एबिसीन्युजले समाचार लेखेको छ ।

प्रतिक्रिया