सिडीको तिमीसँगमा राजु र निश्मा छुट्टिए

इनेप्लिज २०७८ माघ १ गते १४:०६ मा प्रकाशित

काठमाडौं,१ -माघ रियालिटी शो भ्वाईस अफ नेपालका प्रथम बिजेता तथा गायक,संगीतकार सिडी विजय अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘तिमीसँग छुट्टिएर…’को भिडियो माघे सक्रान्तिको अबसर पारेर रिलिज गरिएको छ।यो गीतको भिडियोलाई सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरिएको हो।

गीतको भिडियोलाई अमेरिकामा छायाँकन गरिएको छ।आधा दशकदेखि अमेरिका बस्दै आएका चलचित्र निर्देशक सुमन दाहालले अमेरिकाको ल्याक्सिनटन क्षेत्रमा छायाँकन गरेर त्यहींबाट यो भिडियो रिलिज गरेका छन्।गत साता मात्र उनले अर्को म्युजिक भिडियो पनि त्यहीँबाट रिलिज गरेका थिए।

गीतको भिडियोमा राजु अधिकारी र निश्मा चापागाईंको मुख्य भूमिका छ।प्रेममा निश्माले धोका दिएपछि राजु एकल हुुनुको बेदनामा भिडियो केन्द्रित छ।
यो गीतलाई कल्पना पाठकले लेखेकी हुन्।गायक सिडी विजयले नै यो गीतमा संगीत गरेका छन्।वियोगान्त भावको यो गीतमा संगीत संयोजन राजु कार्कीको छ।
यो गीतको भिडियोलाई छायाँकन तथा सम्पादन अक्की शर्माले गरेका हुन्।जसमा भुपेन्द्र अधिकारीको मिक्सिङ,रेनिश फागोको रंग संयोजन रहेको छ ।

प्रतिक्रिया