काइते र जालसाँचीको कथा !

इनेप्लिज २०७८ माघ १ गते ३:१२ मा प्रकाशित

काइते र जालसाँची शव्दको प्रयोग यो ब्रमाण्डभरि भै रहेका छन,बोल्नेले बोल्दैन देख्नेले पनि देख्दैनन।

हाम्रा गाँऊघरतिरका पहिले अथवा उहिलेको समयमा प्रयोग हुने शब्दहरुलाई आजका भाईबहिनीहरुले सुनेकै छैन जस्तो लाग्छ।काइते भनेको गाँऊघरका गरिबहरुले साहुसंग बिस रुपैँय सापट लिएर गए छन र एउटा भोगबन्दकीको कागज पनि गरिएछन,“ साउले भने छन” ब्याजस्याज तिर्न पर्दैन,लौ यो तमसुकमा दाँयाँबाँया ल्याप्चे लाउनु भने छन” ठूलीब्याँसीको तिनपाथी धानको बिउजाने खेत रामप्रसादले दुईबर्षका भाका राखेर दिएछन।

रुपानेले त्यहि खेत जोत्न हल गोरु किन्न भनेर पैसा सापट लियो तर रामप्रसादले त्यहि खेतलाई बिसवटा चाँदीका डबली दिएर,सोहि खेतलाइै आफनो बनाउन काइते अक्षर थपेर,रुपैयाँ बिसको सट्टा मोहरु दुइ सयको उन्नसय उन्नसयको दुईथान तमसुक बनाएर तामाकोशीको पश्चिपट्टी ध्याङखोलाको दक्षिणपट्टि लडके खोलाको उत्तरपट्टि सुखटोकरका पोख्रे गाँउ पट्टी चार किल्लाको माटोमुरी तिन र चौधपाथी मालपोत कार्यालयमा मोहरु तिन रुपैँया पाँचआना तिरो लाग्ने खेतलाई घरसरमा राजीनामा गरेर भ्याएछन।

रुपाने पोवटीतिर गोरु खोज्न निस्केछन,सिमरासको थपलिएको गोरु किनेर ल्याएछन,आफ्नो गोठमा भएको तारे गोरु संग हल बनाएर ठूली व्याँसीको खेत जोतेर मन्सराधानको बिउ लाउन उनि हलोजूवा बोकेर खेतमा पुगेछन।रामप्रसादले पहिले नै ढाँटेको जेठा र सिम्टेको नरेलाई गलाएर खेतजोति सकेछन,बिचारा रुपाने रुदे कराँउदै डाँडागाँउका जिम्वालका पुगेछन,जिम्वाल भण्डारीले रामप्रसादलाई बोलाएर रुपानेको रोदन के हो भनेर सोध खोज गरेछन,तर रुपानेले गोरु किन्ने लिएको मोहरु बिसको सट्टा मोहरु ९९ को दुइटा तमसुक देखाएछन त्यसपछि रुपानेले त्यस तमसुक साक्षीका किनारामा बस्ने सेते,हरि,नरे लेखका साक्षी रेवात बहादुर बोलाएर भण्डारी जिम्वाले सोधखोज गरेछन ।

तर उनिहरुले भने छन, “हामीले रुपाने दाईलाई मोहरु लिएको हो वा होइन भनेर सोध्यौ” उनले लिएको हो भने त्यसैले हामीले साक्षी बस्यौं यसमा हाम्रा के कसुर छ बा ? मद्दजिल्ला अदालातमा पुगे फैसला रामप्रसादकै पक्षमा भयो,अब रुपाने क्षेत्रिय अदालत र सबोच्चमा सम्म गए पनि केहि लाग्ने थिएन।

अब जाँउ पढे लेखेका व्यक्तिहरुको काईते र जालसाँची,कसरी गर्दा रहेछन त ? एउटा देशका चुनिएका महाराजाले एउटा महादेशमा दूत बनाएर पठाएछन,त्यो दूत चोरको महाचोर,ठगको पनि महाठग रहेछन।पहिलेको जमनामा भएदेखि आफनो देशमा लेखपढी गरेर बिस्तृत जानकारी दिनु पर्ने आधुनिक जमानामा मोबाइल फोन बाट सिधै महाराजलाई सम्पर्क गर्दो रहेछन।

पहिले महाराजा बन्नु भन्दा अगाडि उनि कसेको चरुवा भएर दूधदहि प्रसस्त पिएका खाएका,एकदिन उनि पहलमान खेल्न ढकाल गाँउमा पुगेछन,पछाडिबाट एक मुटकीले हानेछन र ठहरै पारेछन,यि चलाखी दूतले ति महाराजालाई सुरासुधा,भुत्लेसाक,नरसिंह टवाकको बन्दोबस्त गरिएका रहेछन।महाराजालाई सिधै फोनमा सम्पर्क गरेर भने छन “ हजुरले देखि बक्सेकै हो हामी त राम्रै घरमा बस्थ्यौं,यहाँ त गोठ जस्तो घर रहेछ, निवास्थान र चन्सरी मरमतका लागि पाँच लाख डलर पठाई बक्स्योस नत्र मैले प्रभु प्रतिको गरेको सहयोगको भन्डफोर गर्न पर्ला महाराजाले आफनो कौसीतोसाखानाको खजान्चीलाई हुकुम भएछन,त्यो हाम्रा महादेशमा गएका दूतलाई तिमीले तुरुन्त पाँचलाख डलर पठाई दिनु त्यसको हिसाब नखोज्नु।

महाराजकॊ जो हुकुम,त्यो दूतलाई राम्रारी थाहा थियो यस महादेशमा कोहि ठेकेदार छ छैन भनेर एउटा चाकरीबाजलाई बोलाएर सोधे छन,र एउटा आत्रै थरका व्यक्तिलाई रातारात संस्था दर्ता गर्न लगाएर यसो लिप पोत गरेर पाँचलाख डलरको बिल भर्पाई बनाएर बुझाए छन।चोरदूतलाई अर्को आर्थिक बर्षमा नयाँ बजेट कसरी ल्याउने भन्ने ध्यानमा परेछन,दुइटा नालायक कारिन्दाहरुलाई बोलाएर सुझाब मागेछन, अब हजूरले चान्सरीलाई सार्ने निवास्थानमा निवास्थानलाई मरमत गर। भत्काउन पर्छ चान्सरीलाई भत्काएर निवास्थान बनाउन पर्छ भने छन, यहि बिन्ती महाराजा कहाँ दूतले गर्यो।

खजान्छी लाई आदेश भए छ महाराजाबाट तूरुन्त सातलाख डलर महादेशका हाम्रा दूदलाई पठाई दिनु भन्ने हुकुम भएछन। महाराजकी जय भनेर साथ लाख डलर पठाई दिएछन ।उता महाराजाबाट समय समयमा त्यो महादेशको भ्रमण गर्ने ईच्छ व्यक्त गरेछन,तर दूतको बानीव्योहारा चाँहि परस्त्रिी गमन,परपूत्री गमन जस्ता बानी परेका रहेछन,के गरी महादेशको भ्रमण गराउन,त्यस्तै ल्याटिन देशका नवराजा भएका गाँउतिर गलेर सुधाहरुसंग सहबस गराएछन।अब दूतले महाराजासंग कसरी ठक्ने,एक दिन महाराजासंग सम्बाद भए छन् एउटा ५४ हजार पर्ने घरलाई ८० हजारमा तमसुक बनाएर तिस झण्डै तिस हजार डलर हातपारेछन।

त्यो महादेशमा अहिले मोलतोल गरेर बेच्न राखे त्योघरको मूल्य ६० हजार भन्दा बढि आउदैन।उता आफूभन्दा हजारौं गुना बढि जनतालो देवताको स्थान भनेर चिनिने दरबारलाई भत्काएर एउटा व्यस्यालाईको नृत्यगृह निर्मान गर्न लाउने,महाराजालाई “हाम्रा महाराजा कस्ता छन,राम भन्दा पनि राम्रा छन” यो देश कस्को हाम्रा महाराजाको । जालसाँची र काईतेहरुको न्वारानदेखिको कैरण,जबसम्म यो पृथ्वी रहन्छ, तबसम्म न काइतेहरु बिलिन हुन्छ,न त जालसाँचीहरु नै हराँउछन।

अब सक्कली महाराजाको कथा पनि यहाँनिर ल्याउन सन्दर्भिक देखेँ, नेमुणिहरुको देशमा मन बहादुर भन्ने राजा रहेछन,त्यो देशमा २०२१ सालतिर ठुलो भुखमरी परेको समाचार राजा कहा पुगेछ शुक्रबारको मन्त्रीपरिषदको बैठक राजाको नेतृत्व बस्ने चलन रहेछ,राजदरबारमा सबै मन्त्रीहरु राष्ट्र्यि योजना आयोगका हाकिमहरु त्यस मध्ये दुईजना पि एच डी गरेका अर्थसास्त्रीहरु रहेछन, राजा मन बाहादुरले हुकुम भएछ हिजो साँझ हामीहरु घुम्न निस्केका थियौं हामीले सुन्यौ देशमा भोगमारी छ रे सबैले हो- महाराज भने छन।

म देशका जनार्दनहरु भोकै रहेको देख्न चाहान्न,तुरन्त सस्तो दरमा खाद्यान्न ल्याउने व्यवस्था गर।अर्थ हेर्ने मन्त्री अर्थ सचिब र केन्द्रीय बैंकका गर्भनर रातो मुख लगाए छन त्यतिकैमा एउटा मुख्य अन्चलाधिसले भने छन म सस्तो दररेटमा चामाल ख्याउन सक्छु महाराजा,कसरी भनेर महाराजले सोधेछन ,त्यो व्यक्तिले भने छन ,सेवकलाई एक करोड रुपैया बक्स्योस,उसो भए कसरी जम्मा पार्ने एक करोड, बर्षमास आउन थाल्यो, पाँच करोडको छाताको लाइसेन्स दिने उनिबाट टेन्डर स्वरुप एक करोड जम्मा गराउने,तराईको चामल भोलिनै देखिनै ल्याउने आदेश दिन हुकुम भए।त्यसरी राजाले आफनो जनताको लागि पिर गर्थे आजको नक्कली राजाहरु आफनो भन्दा न देशका मायाँ छ न जनताको।ईति सम्बत दुई हजार अठहत्तर साल पौष तिसमा शुभम्।

-डिग बहादुर तामाङ्ग दोलाखा नेपाल

प्रतिक्रिया