काठमाडाैं, टुक्का साहित्य समाज काे आयाेजनामा २०७८ पाैष २८ गते बुधबार “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-१४” अन्तर्गत सँगिनी छन्द (लाेक छन्द) मा टुक्का लेखन अभ्यास सम्पन्न भएकाे छ ।
प्रशिक्षक अनिल खग्रासकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट ५५ टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे ।
टुक्का साहित्य समाजका अध्यक्ष तथा कार्यक्रमकाे परिकल्पनाकार ताराप्रसाद चापागाईंले अक्षर संख्या बराबर गरेर तुक् (अन्त्यानुप्रास) मिलाएर दुई हरफमा पूर्ण हुने गरि लेखिने नेपाली माैलिक प्रयाेगवादी लघुत्तम काव्यिक विधा “टुक्का” लेखनमा विविधता ल्याउने क्रममा छन्दमा टुक्का लेख्ने साप्ताहिक अभ्यास श्रृङ्खलाहरू सञ्चालन गरेर नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने प्रयास गरिएकाे बताउनु भयाे ।
( चाडपर्व र विवाह उत्सव आदि उल्लासमय क्षणहरुमा महिलाहरू वरिपरि घुम्दै गाउने लोक लयलाई सँगिनी छन्द भनिन्छ।)
~ यो छन्दमा अक्षरको गन्ती हुन्छ।
~ आकार,इकार,उकार लागेका सबैलाई १ अक्षर गनिन्छ।
~ आधा अर्थात काटिएका अक्षर गन्ती हुँदैनन्।
~ सँगिनीमा १० अक्षर हुन्छन्।
~ सँगिनीको सूत्र – ३+२,३+२ = १० अक्षर
~ (विश्राम ५ अक्षरमा लिन सके राम्रो।)
अभ्यासका क्रममा सङ्कलन भएका सँगिनी छन्द मा सिर्जना गरिएका टुक्काहरू
[१]
१.
आएर माघी आँगन बस्यो,
दुखिया कर्म काममै फस्यो।
२.
दशैँले छुट्टै बहार ल्यायो,
छिमेकी साने स्वदेश आयो।
अनिल खग्रास
[२]
१.
संक्रान्ति पनि नजिकै आयो,
साराका सारा उमंग छायो ।
२.
बुझ्नु नै पर्छ जगको रीत,
जिस्कनु हुन्न समय सित।
डम्बर थामी ‘अनुपम’
कालिन्चोक गाउँपालिका-६, दोलखा
[३]
१.
मकर मेला माघको बेला,
बराह क्षेत्र नुहाई लेला।
२.
तिलको लड्ड तरुल ल्याएँ,
माघीको फल स्वादले खाएँ।
होम प्रसाद न्यौपाने
धरान,सुनसरी ।
[४]
१,
पुषको जाडो लट्टेको खाजा,
खुम्चेको छाला बनाउँ ताजा।
२,
आएछ माघ तरुल छैन,
दुखीको लागि पर्वनै हैन।
३,
भविष्य उस्कै उज्यालो बन्छ,
जसले आफ्नै पखेरो खन्छ।
४,
लुकेको धन पत्थर मन,
कहिले काम लाग्दछ भन?
५,
सुनन दाजु छिप्पियो जाडो,
मिलेर सबै काटौन पाडो।
चिरञ्जीवी ढकाल
नेपालगन्ज-२०
राँझा एयरपोर्ट बाँके
[५]
१.
पुषको जाडो कठोर लाग्छ
नुहाए माघ एकमा भाग्छ ।
२.
तिलको लड्डु औषधी जस्तै
जाडोमा हुन्छ खानु है मस्तै ।
३.
तरुल आलु सुटुनी मिठो
उसिनी खानु जंगली गिठो
४.
तिलका सिटा बालेका थियौँ
संस्कृति सबै भुलेर जियौँ ।
पुष्पाशायरा । बिराटनगर ।
[६]
१.
सुनको थैली लोभको डोरी
तानेनौ किन देशकी छोरी।
२.
आमाको कोख छोडेकी छैनौ
नैराश्य फूल टिप्ने त हैनौ।
३.
विश्वास गरे समायौ नीति
मलाई लाग्छ तोडेनौ रीति।
धनुष न्यौपाने
टुक्का अभियन्ता
[७]
सिरेटो अति माघको मास
काम्दछ मुटु रोकिन्छ सास।
रामचन्द्र भट्टराई
चापाकाेट, स्याङ्जा ।
[८]
१
मेलाले खोज्यो ऋणले रोज्यो,
गरिबलाई कामले खोज्यो।
२
माघिको मेला कोरोना आयो,
समाजलाई रगले खायो।
३
मिलेर लडौं अदृश्य छ यो,
चिन्निछु हामी अतिनै भयो।
४
चिसोको वेला लागेको मेला,
देखाई बसे हातका ठेला।
५
गरिब ज्यामी किसान सारा,
उठेर लडौं ए! सर्वहारा।
सुरेशकुमार पान्डे।
दाङ घोराही-१८
[९]
१.
चिसोमा माघी तिहार आयो ,
घरघरमा उमंग छायो ।
२.
घरमा बसि रमाए कति ,
देशको माया लाग्दैछ अति ।
बिक्रम तिरुवा सलिन
तिला ३ कुडारी जुम्ला।
[१०]
१.
सोचेको जस्तो भएन साथी,
जीवन चक्र हेरन माथी।
२.
उडायो सबै सपना हरू
खोजेर अब पाइन्न अरू।
३.
दुनियाँ सँग जंगमा जान्छौ
लडाई गर्दा गर्धन तान्छौ।
कमला पाण्डे पराजुली
झापा ।
[११]
१.
आएर ॲाधी चुहुने छानो
रित्तो छ घर छैन है मानो।
२.
सॅाझ बिहान पुग्दैन खान
मनको पीडा मनैले जान।
गुणनिधि घिमिरे
माेरङ्ग, हाल अमेरिका ।
[१२]
१.
मनाऔँ माघे सङ्क्रान्ति हाम्रो,
बनाई लड्डु तिलको राम्रो ।
२.
तरुल चट्ट उसिनी खाने,
मिलेर सबै काममा जाने ।
३.
बुज्झकीलाई इसारा काफी,
अबुझलाई च्यातेको साफी ।
वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
[१३]
१.
खाएर मीठो हिँड्नु छ छिटो
देखायो फुर्ति आएर ठिटो ।
२.
आफैले गर्नु भनेको मान्नु
हुँदैन भने देखेर जान्नु ।
३.
नलाऊ फुर्ति हिजोका बच्चा
अगाडि हाम्रा सबै नै कच्चा ।
४.
पर्खेर बसेँ आइनौ किन
एकान्त बसि बिताएँ दिन ।
५.
देखेर हुन्न पाएको राम्रो
नपाए सम्म हुँदैन हाम्रो ।
राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास
[१४]
१•
पोहोर अनि परार जस्तै,
आएछ माघी जाडोले कस्तै।
२•
घिउ चिउरा खाएर बस्नू,
निकै छ जाडो घरैमा पस्नू।
३•
चिसो छ हावा चिसै छ पानी,
घुम्नु छ भन्दै अन्त नजानी।
४•
समय पनि सहज छैन,
डुलेर ठूलो हुने त हैन।
५•
कोरोना फेरि तङ्ग्रेर आयो,
मानिसलाई फेरि सतायो।
घनश्याम पौडेल
सृजना चोक, पोखरा।
[१५]
१.
मायाको आशा जीवन सार ,
बिछोड भए नमानौँ हार ।
२.
सङ्क्रान्ति आयो चाक्कुमा घिउ,
दलेर तेल बनाऔँ जिउ ।
गंगा खड्का
बूढानीलकण्ठ १ काठमाडौँ ।
[१६]
१.
माघको जाडो सिरक तातो
ओडेर बसौ लैजाला सातो।
२.
कोरना आयो सुरक्षा बसौ
पोषिलाे खाना खाएर कसौ ।
३.
इन्द्रेनी लाग्यो आकाश राती
मिलेर जाँउ हेरेर जाति ।
४.
बतासै चल्यो सिरिरि बन
बसहै कान्छी आएर मन।
अम्बिका अधिकारी
झापा विर्तामोड।
[१७]
१.
सफाई हरे कोरोना भाग्छ
हात मिलाए कोरोना लाग्छ ।
२.
आयो कोरोना फेरि सम्झेर,
जाने भएन मानिस भुलेर।
इन्दिरा देवकाेटा
कपिलवस्तु ।
[१८]
१.
गर्दछु काम हातैमा घोटी
लाग्योनी माघ तरुल रोटि।
२.
पिठोमा मुछी पोलेर सेल
माइती सँग हुँदछ मेल।
अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया
[१९]
१.
माघीले छुट्टै उमंग ल्यायो,
तिलौरी चाकु तरुल ख्वायो ।
२.
जाडोको याम तापौँन घाम,
टनक्क लुगा गरौँन काम ।
३.
हेरन अर्को कोरोना जाग्यो ,
बाहिर हैन घरमै भाग्यो ।
४.
रहनु स्वस्थ्य ख्यालमा बस्नु,
भन्दैछ सारा घरमै पस्नु ।
५.
सबैको भेट गरायो बन्द,
आकोछ खोप डराऔँ मन्द।
६.
घरैका सँगै साटौँन हर्ष,
मिलेन चाँडै पछिल्लो वर्ष ।
जमुना आचार्य
सिन्धुपाल्चोक।
[२०]
१.
माघको स्नान, व्रत र दान,
सनातनीको, पर्व हो जान।
२.
तीलको लड्डु, खिँचडी खाऊ,
त्रिवेणी तिर, मेलामा जाऊ।
अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
[२१]
१.
दशैँले छुट्टी लिएर गयो ,
तिहार बिदा अस्तिनै भयो ।
२.
जाँदैछु टाढा भेटौंन सानी ,
आउन छिटै सुनको खानी ।
३.
लागेछ तिर्खा पिउन पानी
लेउन छिटो गरेर सानी
४.
आएर माघी खुसिले छायो ,
घिउ र चाकु खान है पायो ।
५.
महिना माघी तरुल खाने ,
मिलेर सबै घुम्न लौ जाने ।
बेदु न्यौपाने
काठमाडौ
[२२]
१.
गीताकाे ज्ञान सवैेले जान
बसन ध्यान बढाउ ज्ञान ।
२.
तिजकाे बेला , चेलिकाे भेला
आउन चाडैं , नहाेस् अबेला ।
३.
असार मास , राेपाँई खास
भाराे र पर्म , सवैकाे आश ।
४.
दिदी-र बैनी , मिलेर भैली
भैलिनी गाए , थापेर थैली ।
प्रद्युम्न चालिसे
कटुञ्जे,भक्तपुर
[२३]
१.
हिउँको मन्डी ओढेर आयो
माघले हाम्रो सातो नै खायो।
२.
कोभिड फेरि फर्किन थाल्यो
त्रासकोआगो छातीमा बाल्यो।
३.
खाऊ न चाकु तरुल घिउ
सङ्क्रान्ति मान बन्दछ जीउ।
४.
फर्किन्छु प्यारी बस्दिन खास
विदेशभित्र बनेर दास।
५.
विदेश बस्दा चर्किन्छ छाती
प्यारीको हुन्छ सम्झना राती।
रामशरण न्यौपाने
भक्तपुर
[२४]
१.
विदेश बस्न मान्दैन मन
घरमा बस्दा पुग्दैन धन ।
२.
पबित्र गंगा नुहाइ चाडो,
घ्यू चाकु खाइ भगाउँ जाडो ।
ऋषिराम खनाल
मध्यबिन्दु- ६ नवलपुर
[२५]
१.
बहिनी दिदी समाइ हात,
सँगिनी खेलौं मिलाइ रात ।
२
लाएर माया दिएर साथ,
बिताऔं क्षण उठाइ माथ ।
त्रिलोचन भण्डारी
मेचीनगर, झापा
[२६]
१.
घ्यू चाकु खाई ,रमाई बसौं
तेलमा मेथी फुराई धसौ।
२.
माघीको पर्व मनाउ आजै
बितेका दिन सम्झदै राजै।
सरस्वती श्रेष्ठ
इटहरी
[२७]
१.
पुसमा जाडो बेसरी भयो
मनका इच्छा मनमै रयो ।
२.
सक्रान्ति आयो रमाइ अब
तिलका लड्डु खाएर जब।
गोमा गुरागाई
इटहरी
[२८]
१.
पुषको चिसो जितेर छोडौं,
खेतका मकै मिलेर गोडौं।
२.
खेतमा तोरी फलेको हेर,
गाईले खाला राम्ररी घेर।
भगवती दवाडी
दमक, झापा।
[२९]
दु:खमा हाँसे दैबले साँचे
हुनेछ भेट नमरी बाँचे।
शारदा दहाल भण्डारी
सङ्खुवासभा ।
[३०]
१.
घ्यु अनि चाकु, तरुल खाने
स्नानको लागि त्रिशुली जाने।
२.
यो माघी पर्व सुनौलो हुने
दु:ख र कष्ट पानीले धुने।
मन्दिरा सेढाई
मलेखु,धादिङ
[३१]
बितेको दिन सम्झिएँ राजै
माघको पर्व मनाएँ आजै ।
दीपक ठटाल जलन
खरसाङ,दार्जीलिङ।
[३२]
१.
माघको जाडो बढेर आयो
घिउ र चाकु मिलेर खायो।
२.
संगिनी खेल आगनी माझ
ल्याए दुलही जन्तीले साझ।
नवशिला
बेलबारी-२,लालभित्ती,मोरङ।
[३३]
१.
टिपन हेर्दा लगन जुर्यो,
नसिब मान्ने विचार फुर्यो।
२.
माइत बस्दै उमेर गयो,
साइत जुर्न अबेर भयो।
म्यामराज राई
भोजपुर
[३४]
१.
बेजोड तिम्रो ,प्रतिभा साथी,
सकिन्न बस्न,रिसाई माथि ।
२.
बधाई दिन्छु हृदय देखि,
भएछु ठुलो,नराख्नु सेखी।
शर्मिला श्रेष्ठ
भैंयेपाटी,ललितपुर
[३५]
१.
गरेर कर्म, तिरेर पर्म
बचाऊ शर्म,धरेर धर्म।
२.
बढेर रोग,सकियो आशा
भोगेर हेर,जिन्दगी खाशा।
महेन्द्र मान बलामी
दक्षिणकाली-९,काठमाडौ
[३६]
१.
माघको मैना, जाडोर सित
लाउछ जस्तै , सितले मीत।
२.
घुमेर पनि, आउने पर्व
मनाउ सबै, मानेर गर्व।
३.
तिलको लड्डु,बन्नेछ सब
सखर संग, मुछिन्छ जब।
४.
लितक पनि, लगान जान
गुरुको,साथ, दिनुछ दान।
दुर्गा आचार्य
मोरङ
[३७]
दैलाेमा आयो मकर पर्व,
संस्कृति राम्रो, गराैँ है गर्व ।
दुर्गा वनवासी
झापा
[३८]
१.
गरिव हरु भोकमा बस्छ,
सम्पन्न हरु होटल पस्छ।
२.
बिचित्र रैछ सन्सार जहाँ,
पिडाले कोही थलिए यहाँ।
लक्ष्मी श्रेष्ट
बिर्तामोड झापा
[३९]
१.
चाड र पर्व आउँदा खेरी
सँगिनी गाऔं सँगिनी हेरी ।
२.
नाताको मर्म बुझेर आऊ
आएको बेला भेटेर जाऊ ।
रचना शर्मा प्रतीक्षा
ललितपुर ।
[४०]
१.
पुषकाे घाम भएन काम ,
ताताेमा बस्ने रहेन ठाम ।
२.
माघिकाे मेला गएको बेला ,
हेरियो खुबै जादुकाे खेला ।
३.
फागुकाे पर्व रंगिनै पर्याे ,
खेलेर हाेली मानेझैं गर्याे ।
रामकृष्ण दुवाडी
पाेखरा ।
[४१]
१.
माघी यो पर्व , होला नि मेला ,
पाइन्छ हेर्न ,अनेक खेला ।
२.
मायालु जोडी , पिरती गास्दै ,
हात समाई ,घुम्छ्न हाँस्दै ।
बुद्धिमान चौधरी
कनकाई नगरपालिका ४ झापा
[४२]
१.
हे!मेरी प्रिय,मुसुक्क हाँस्यौ
मसँग प्रीति,सुतुक्क गाँस्यौ।
२.
प्रेमको बन्धन्,कसिलो भयो
फुत्किन्न अब,बलियो पयो।
जित बुढाथोकी छन्त्याल
ठाडाखानी म्याग्दी, हाल-बेलायत
[४३]
१.
एकान्त बस्छु हेरेर जुन
के गर्न सक्छु म तिम्रो हुन।
२.
अफ्रिकी आयो हरायो बैना
खेत र वारि जाडोको मैना।
संझना ( कुसुम)
पाेखरा ।
[४४]
१.
रमेर गयो निस्ठुरी माया
अधर भरी बोकेर छाया।
२.
बगेर गयो आँसुका धारा
सिरानी भिज्यो त्यो रात सारा।
भुपेन्द्र राना मगर
धादिङ
[४५]
१.
रोएर सारा बिताएँ रात,
तिमीले गर्यौ विश्वास घात ।
२.
मर्दको जात बजार्छन् लात,
नबोली बोली लम्क्याई हात !
बिबस पारदर्शी
भद्रपुर न० पा० २, झापा
[४६]
१.
चिसोको माघे समय आयो
तीलको लड्डु, तरुल ल्यायो।
२.
कर्मले भन्छ लौ! तिमी गर
नगरे कर्म भन्छ लौ! मर।
परिक्रमा श्रेष्ठ
धरान सुनसरी ।
[४७]
१.
जनता भए लाचार अति
दैनिकै भयो जनको क्षति।
२.
फूलले जान्यो सुवास छर्न
मान्छे छ मग्न कुकर्म गर्न।
प्रमोद भट्टराई ‘प्रतीक’
कौशलटार, भक्तपुर।
[४८]
१.
आउँदै छु म, अहिले घर,
हुदैन कुनै, मलाई डर।
२.
जाेडाे महिना,लागेन घाम,
हुँदैन प्यारा, अहिले काम।
३.
मलाई लाग्छ ,सबैको आश,
तिमी नै हाेनी,जीवन खास।
४.
हजुर बिना याे दिल रुन्छ,
संगीनी सँगै, जीवन हुन्छ।
५
घुम्दै आयाे नि ,याे नयाँ बर्ष,
मनमा भयाे, धेरै नै हर्ष।
शाेभा अर्याल
रुपन्देही १४ बुटवल
[४९]
१.
मिठा गरौंला प्रेमका बात
मौसम चिसो अध्यारो रात ।
२.
सुसायो काली कर्णाली भेरी
कष्टमा छिन् के हो आमा मेरी !
रिजाल विनोद
मोरङ।
[५०]
माघीका लाग , तरुल खन्छु,
शुभकामना , अर्पण भन्छु ।
केशवप्रसाद ढकाल `प्रीतबीज´
गाेरखा
[५१]
१.
माघको बेला स्वस्थानी माता
उदार गर्ने ज्ञानकी दाता ।
२.
अज्ञान हामी शरण पर्छौ
स्वास्थानी माता प्रार्थना गर्छौ ।
तारा घिमिरे .
सङ्खुवासभा
[५२]
१.
सुनन प्यारा आएछ जात्रा
गरौंला हामी भागेर यात्रा ।
२.
आँसुले आँखा भरिए मेरा
बसेका थियौं खेतका सेरा ।
३.
जातको कुरा नगर साथी
बुद्धिले हुन्छ मान्छे त माथि ।
४.
बुझेर पनि गलत गर्छ
यस्तो त मान्छे छिट्टै नै मर्छ।
बिनिता विश्वकर्मा बिनु
बाजुरा।
[५३]
१.
चकित मन गाएर गित,
रमाउ झन खोलेर हित।
२.
रक्षार्थ जुटाै भाषा भेषकाे
नदिउँ गर्न हत्या देशको।
अच्युत घिमिरे
ठुलाे दाेभान, भुटान।
[५४]
१.
बोलीमा राख, मिठास खास,
गर्नेछु सधै , प्रेमिल आस ।
२.
रिसानी हैन ,मुस्कान देऊ,
सजाइराख, दिलका छेउ ।
३.
अनन्त सम्म, बचाइ राख,
प्रेमको स्वाद, बेजोड चाख ।
रामजी लामिछाने
पाेखरा ।
[५५]
१.
माघे सग्राँती मेला भरेर
नाचाै रमाओैँ खुसी छरेर ।
२.
मलाई छाेडी नजाउ टाढा
मायाकाे डाेरी कसियाे गाढा।
ताराप्रसाद चापागाईं
धुनिबेसी
>>> जय टुक्का! जय साहित्य!! <<<
प्रतिक्रिया