अलबिदा संगीता
आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै बिन्ति गरुन झुकेर पाउमा त्यो बिन्ति सुन्दैन त्यो…
अमेरिकाको भर्जिनिया राज्यको आइनोभा अस्पतालमा मस्तिष्क रक्तस्रावको दुई महिना लामो उपचारको क्रममा गत मंगलबार देहावसान हुनु भएकी स्व. संगीता ढुंगानाको दाहसंस्कार सम्पन्न भएको छ । उहाले सबैलाई सदाको लागि कहिले नफर्कने गरि छोडेर जानु भएको छ ।
भर्जिनिया राज्यको पुरानो तथा पर्यटकीय शहर लिजबर्ग स्थित लाउडन फ्युनेरल च्यापल (दाह गृह)मा जनवरी १४ ,शुक्रबारका दिन दिउसो २ बजे स्व ढुंगानालाई श्रद्धासुमन अर्पण गरिएको छ ।
२०२७ सालमा जन्मनु भएकी स्व ढुंगाना गत जनवरी ११ मंगलबारका दिन साँझ निधन भएको थियो । अमेरिकामा ओमीक्रोन कोरोना भाइरसको बढ्दो संक्रमण रहेता पनि डिसी महानगर क्षेत्र लगायत अन्य राज्यहरुबाट समुदाय सदस्य,साथीभाई ,इष्टमित्र ,आफन्त नातेदारहरुले उपस्थिति जनाएका थिए । श्रद्धा सुमन अर्पण गर्दा पनि सबैले मुखावरण (मास्क )लगाएर आएका थिए ।
स्व संगीता ढुंगानाको बिदाई तथा सम्झना स्वरुप केही इष्टमित्र ,साथीभाई तथा गुरुले शोक मन्तब्य राखेका थिए । पुष्प गुच्छा अर्पण गर्दै २ मिनेट मौन धारण समेत गरिएको थियो ।
स्व ढुंगाना अमेरिकाको भर्जिनिया राज्यको स्टर्लिंग शहरमा सपरिवार बसोबास गर्नु हुन्थ्यो भने नेपाल घर मोरंग उर्लाबारी हो । स्व संगीता ढुंगाना भट्टराईकी छोरी हुनु हुन्थ्यो ।
काठमाडौँ निवासी स्व संगीता ढुंगानाले पदम कन्याबाट नेपालीमा स्नातकोत्तर गर्नु भएको थियो । स्व संगीता ढुंगानाका पति प्रेम चन्द्र ढुंगानाले ५० हजार डलरको लक्ष्य राख्दै उपचारको खर्च जुटाउन गोफन्डमी संचालनमा ल्याएका थिए भने हाल उक्त खातामा २३ हजार डलर संकलन भएको छ ।
पति प्रेम चन्द्र ढुंगानाका अनुसार स्व संगीता ढुंगानालाई नोभेम्बर ७ ,२०२१ देखि अस्पताल भर्ना गरिएको थियो । भर्जिनियाको आइनोभा फेयरफ्याक्स मेडिकल क्याम्पस (अस्पताल)को संघन कक्षमा भर्ना गरिएको थियो ।
स्व ढुंगाना घरकै भान्सामा अचानक लड्नु भएको थियो । स्व ढुंगाना छोराछोरी र श्रीमान संग बस्नु हुन्थ्यो । स्व ढुंगानालाई २ महिनाको अवधिमा ४ पटक शल्य क्रिया गरिएको थियो । शल्यक्रिया गर्ने क्रममा रक्त श्राब नरोकिएको कारण निधन भएको हो ।
ईनेप्लिज परिवारको तर्फबाट भावपूर्ण श्रद्धान्जली !
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया