आइतबार, माघ ९ २०७८
काठमाडौं १४:५७
वासिङटन डिसी 04:12

शिकागोमा दुई किशोरहरुको छुट्टाछुट्टै गोलीकाण्डमा मृत्यु

इनेप्लिज २०७८ पुष ३० गते १२:२६ मा प्रकाशित

अमेरिकाको शिकागो शहरमा दुई किशोरहरुको छुट्टाछुट्टै गोलीकाण्डमा मृत्यु भएको प्रहरीले जानकारी दिएका छन् । शिकागो प्रहरी विभागका प्रमुखले गत बुधबार दुई घण्टा भित्र दुई १५ वर्षीय किशोरहरुलाई अलग-अलग स्थानमा  गोली हानी हत्या गरेको जनाए ।

बेलुका ४ बजे भन्दा ठीक अगाडि एक १४ वर्षीय किशोरको वेस्ट साइडमा सडकमा भएको बेलामा उनको पेटमा गोली लागेको थियो । किशोरलाई स्ट्रोगर अस्पताल लगिएको थियो भने जहाँ उनलाई मृत घोषित गरिएको थियो।

बेलुका ८:२२ बजे अर्को १४ वर्षीय किशोर शहरको दक्षिणी छेउमा फुटपाथमा उभिरहेको बेलामा बाटोबाट कुदी रहेको सवारी साधन (कार)बाट कसैले टाउकोमा गोली हाने, प्रहरीले भने। उनलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको थियो र पछि मृत घोषित गरिएको थियो।

शिकागोका प्रहरी उपरीक्षक डेभिड ब्राउनले गत बिहीबार एक पत्रकार सम्मेलनमा १४ वर्षीय किशोरहरुका परिवारप्रति समवेदना प्रकट गरेका छन्।

“म ती दुई जवान केटाहरूको बारेमा सोच्दछु र म तिनीहरूको क्षमताको बारेमा सोच्दछु। तिनीहरू शिकागोका दुई बच्चाहरू हुन्, तिनीहरूको भविष्य लुटिएको छ, र यो अस्वीकार्य छ,” ब्राउनले भने।

शिकागोमा गत बुधबार गोली लाग्नेहरूमा एक युवती पनि थिइन्। २९ वर्षीया युवती सवारी साधन रोकेर बसिरहेकी थिइन्, जब दुई संदिग्ध व्यक्ति नजिक आए र उनलाई धेरै पटक गोली हाने, प्रहरीले भने। उनलाई अस्पतालमा मृत घोषणा गरिएको थियो भनि एबिसीन्युजले समाचार लेखेको छ ।

प्रतिक्रिया