टुहुरो मान्छे म आफन्तको खोजिमा हिडिरहेछु
पढे लेखेका बिद्धानले मलाई अनाथ भनि चिन्दछन
सानै थिए आमाले मलाई छोडि हिडन
बुबाको बारेमा पनि मैले केहि थाहा पाइन
जव आमाको याद आउछ यि आखाबाट आशु झर्छन
कल्पना गर्छु मेरी आमा कहिले आएर मलाई भेटलिन
सडकमा सुत्नुपर्छ अनाथ उपनामले चिनिनुपर्छ
एक गास खान अर्काको घरमा काम गर्नुपर्छ
घर मालिकको गालि सधै सुन्नुपर्छ
स्कुलका साथी भाई सबैले टुहुरो भनि हेप्छन
रोग र शोक सँग संघर्ष गरी मैले वाच्नुपर्छ
फर्केर आउ आमा मलाई कसैले टुहुरो भन्न नपाउन
परिवर्तन र क्रान्तिको नाममा कोहि टुहुरा नबनुन
नेपाल आमा सबै सन्ततिलाई तिमिले हेर्नुछ
यो देशमा भएका अनाथको पनि घरबार बनाउनु छ
नेपालआमाबाट अनाथले आशिर्बाद पाउनु छ
गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी, नेपाल
प्रतिक्रिया