आइतबार, माघ ९ २०७८
काठमाडौं १४:५५
वासिङटन डिसी 04:10

मेरिल्याण्डको एक घरमा आगलागी हुँदा भाग्न नसक्दा एक व्यक्तिको मृत्यु

इनेप्लिज २०७८ पुष ३० गते ०:५४ मा प्रकाशित

मेरिल्याण्ड राज्यको वोल्फ्सभिलमा गत बुधबार राति घरमा आगलागी हुँदा भाग्न नसक्दा एक व्यक्तिको मृत्यु भएको छ । फ्रेडरिक काउन्टी शेरिफको कार्यालयका अनुसार साँझ ७ बजे प्रहरीहरुलाई खबर गरे पछि प्रहरीहरु त्यहाँ पुगेका थिए ।

फ्रेडरिक काउन्टीको ग्याम्ब्रिल पार्क नामक सडक स्थित घर संख्या १०८०० मा आगलागी भएको हो । फ्रेडरिक काउन्टी शेरिफ कार्यालयका अनुसार प्रहरीलाई खबर गरे र भाग्न खोजे । तर उक्त व्यक्तिलाई लुगा धुने कोठामा प्रहरीले फेला पारेका थिए ।

उनलाई त्यहाँबाट नोकाले र पुनर्जीवित गर्ने प्रयास गरे, तर उनलाई घटनास्थलमा मृत घोषित गरियो। उनीहरुले पीडितको थप विवरण भने दिएका छैनन् ।

फ्रेडरिक र वाशिंगटन काउन्टीका करिब ५० वटा दमकलहरूले आगो निभाउन करिब ७५ मिनेट लगाएका थिए ।

अग्नि नियन्त्रण तथा उद्धार सेवाको फ्रेडरिक काउन्टी बिभागका अन्वेषकहरूसँग शेरिफ जासूसहरूले आगलागी र मृत्युको अनुसन्धान गरिरहेका छन भनि डब्लुटिओपीले समाचार लेखेको छ ।

 

प्रतिक्रिया