साया भण्डारी र सुर्य खड्काको अभियनमा ‘चरि बनैमा ’ सार्वजनिक

इनेप्लिज २०७८ पुष २९ गते ३:३७ मा प्रकाशित

नेपाली लोक दोहोरी गीतमा सक्रिय गायक सुर्य खड्का र गायिका सिता श्रेष्ठको स्वरमा रहेको ‘चरि बनैमा ’ गीतको भिडियो सार्वजनिक भएको छ । फरक धारमा निर्माण भएको गीतमा मौलिक पनका साथ साथै प्रेमी प्रेमिका विचको प्रेमको भावलाई समेटिएको छ । सुर्य खड्काको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आफनी मायालु प्रेमीकालाई आफुले निकै मन पराएको कुरा गीतको मार्फत समेटिएको सुर्य खड्काले बताए ।

दुर्गा पौडेलको छायाँकन प्रकाश धमलाको सम्पादन तथा दुर्गा पौडेलको निर्देशन भिडियोमा रहको छ । ‘चरि बनैमा ’ गीतको भिडियोमा साया भण्डारी , निक शर्मा र सुर्य खड्काको अभिनय भिडियोमा देखिन्छ ।

प्रतिक्रिया