लोक दल को प्रेस विज्ञप्ति

इनेप्लिज २०७८ पुष २८ गते ११:३० मा प्रकाशित

वर्षौदेखि दुःख कष्ट सहदै आफ्नो पेशालाई बल्लतल्ल निरन्तरता दिइरहेका किसानहरुले आफ्नो माग राख्दा सरकारले किसानको समस्या समाधान गर्नुको सट्टा किसानमाथि बल प्रयोग गरी कुटपिट गर्नु र गोली प्रहार गर्नु कार्यलाई लोक दल निन्दनीय ठहर गर्दै सरकारको किसान विरोधी कार्यको घोर भत्र्सना गर्दछ ।

लोक दलले स्थापनादेखि नै देशको ७०% किसानको पक्षमा उभिरहेको र अन्य क्षेत्रको तुलनामा किसानलाई बढी सुविधा दिनुपर्ने माग राख्दै आइरहेको छ । जसमा चकलाबन्दी खेती, किसानलाई बिना धितो ३% ब्याज दरमा सहुलियत ऋण, निःशुल्क कुषि बीमा, किसान क्रेडिट कार्ड, कृषि क्षेत्रको आरक्षण लगायत सस्तोमा मल, बीऊ, सिंचाई र कृषि उपजको व्यवस्थित बजारको व्यवस्था गर्नुपर्ने, कृषकलाई विद्युतमा ७०% छुट, मल कारखानाको स्थापना, कृषि विज्ञसँग कृषकको निःशुल्क फोन इन कार्यक्रम संचालन लगायतका माग गरिरहेका छौं ।

लोक दलका अध्यक्ष श्री कौशल कुमार सिंहज्यूले यी मागहरु २०६१ सालदेखि नै विभिन्न मञ्चहरुमा उठाइरहँदा सरकारले सहुलियत कर्जा र कृषि बीमा लागू गरेपनि बैंकहरुले किसानलाई बिना धितो सहुलियत ऋण दिदैंन् भने सरकारले किसानलाई बीमा गर्दैन् । सरकारले किसानलाई मल बीऊ र सिंचाईको व्यवस्था गर्न नसक्दा कृषि उपज बढन सकिरहेको छैन् भने किसान ऋणमा डुबिरहेका छन् र गरिबीमा जिवन बाँच्न बिवस छन् ।

किसानहरुले उठाएको मागलाई सरकारले वार्ता र संवादमार्फत समाधान गर्नुको सट्टा किसानमाथि बल प्रयोग गरी आन्दोलन दबाउनु सरकारको तानाशाही रवैयालाई दर्शाउँछ भने नक्कली किसान खडा गरी दलाल र बिचौलियालाई सुविधा एवं अनुदान मुहैया गराउनु सरकारको भ्रष्टाचार प्रवृतिलाई उजागर गर्दछ ।
बर्षौंदेखि संघर्षरत उखु किसानको माग समेत सरकारले पुरा गराउन नसकी तस्कर व्यापारीको संरक्षणमा बसेका छन् । कसैको सामान खरिद गरी पैसा नदिनु भनेको ठगी गरेको कानुनी प्रावधान हुँदाहुँदै पनि सरकारले कारवाही नगर्नु सरकारले अपराधीलाई संरक्षण गरिरहेको प्रष्ट हुन्छ ।

तसर्थ, मल बीऊ र कृषि सुविधाको लागि संघर्षरत किसानको माग पूरा गर्न र कृषकमाथिको दमन बन्द गर्न, पक्राउ परेका किसान आन्दोलनकारीलाई तत्काल रिहा गर्न एवं घाईतेको उपचार र क्षतिपूर्ति उपलब्ध गराउन तथा ऊखु किसानको बक्यौता तत्काल दिलाउन लोक दल सरकारसंग माग गर्दछ ।

जय समाजसीएन खडगा
महासचिव
मो. ९८५११९१८९०
मिति : २०७८ पौष २८ गते, बुधवार ।

प्रतिक्रिया