पन्तका पाँच नवीनतम कृतिमाथि समीक्षा

इनेप्लिज २०७८ पुष २८ गते २:३९ मा प्रकाशित

काठमाडौं । साहित्यकार रामप्रसाद पन्तका पांच कृतिमाथि साहित्य क्षेत्रका ब्याक्तित्वहरुले समीक्षा एवं बिश्लेषण गरेका छन ।
दायित्व वाङ्मय प्रतिष्ठानद्धारा दायित्व भवन, जगन्नाथ मन्दिर परिसर गोल्फूटार, बुढानिलकण्ठमा आयोजित कार्यक्रममा पहिलो कृति– पुर्खाको बाटो नियात्रोपन्यासमाथि प्रा.डा.कृष्ण प्रसाद दाहाल, दोस्रो कृति–जयपुरदेखि पुरीसम्म माथि प्रा. डा.भागवत ढकाल, तेस्रो कृति–उत्कृष्ट सत्ताइस नक्षत्र संस्मरणमाथि प्रा.डा. सावित्री मल्ल कक्षपति, चौथो कृति–आयामिक अनुभूति संस्मरणमाथि डा. शैलेन्द्रु प्रकाश नेपाल र पाँचौ कृति देशाटनमाथि प्रा.डा.राम प्रसाद ज्ञवालीले समिक्षात्मक विश्लेषण गर्नुभएको थियो ।
कार्यक्रममा डा.महेश्वर शर्माले अक्षरजीवी पन्तको जन्मदिनका अबसरमा उहांकै पांच वटा कृति माथिको समीक्षा आफैमा रोचक रहेको भन्दै बधाई एवम् शुभकामना दिनु भयो भने अशेष मल्ल, चितवनका साहित्यकार प्रा.डा.नारायणप्रसाद खनालले पनि शुभकामना एवम् बधाई दिएको थियो ।
‘मैले जन्मदिन यसरी मनाउने कुनै कार्यक्रम नबनाएको र संयोगले पर्न गएको हो , दायित्व स्थापनादेखि दायित्व भवन निर्माणसम्म धेरै साथीहरूको साथ र सहयोग रहेको छ, स्रष्टा पन्तको भनाई थियो ।

साहित्यकार ठाकुर शर्माको सभापतित्वमा भएको कार्यक्रममा डा लेख निरौला एवं कार्यक्रम कवि यादव भट्टराईले पनि बोल्नुभएको थियो ।

 

प्रतिक्रिया