तिमिलाई अगालोमा बाधि बाच्न………………….   

गोबिन्द राज ओझा              २०७८ पुष २८ गते २:२० मा प्रकाशित

     

तिमिलाई अगालोमा बाधि बाच्न पाए हुन्थ्यो

सुन्दर तिम्रा आखाहरुमा मेरो तस्विर राख्न पाए हुन्थ्यो

 

मेरो भाग्यमा के छ ज्योतिषिलाई देखाउन पाए हुन्थ्यो

मिल्ने भए मेरो भाग्य मैले फेर्न पाए हुन्थ्यो

कस्ता होलान यि दिनहरु तिम्रो प्रतिक्षामा बस्ने गर्दा

प्रिय  तिमि सँग एक शव्द बोल्न पाए हुन्थ्यो

 

तिम्रो लागि यो जिन्दगि नै उपहार दिन सजायर राखेको छु

प्रिय तिम्रो सुन्दरतामा भुलेर यहा म बाचेको छु

मेरा दु:ख पिडा सबै भुलि जिन्दगि यो बिताएको छु

तिम्रो साथ पाउनलाई मैले तिमि सँग बोलेको छु

 

कति खुसि हुन्थ्यो होला तिमि मेरो जिवन साथि भएपछि

तिम्रो सिउदोमा मैले सिन्दुर भरी बेहुलि बनाएर लगेपछि

अन्तिम ईच्छा केहि छैन मेरो यो जिन्दगिमा

तिमि सँग जिउने बाचा पुरा गरु यो दुनियामा

 

सधै तिम्रा मिठा मिठा गफ  सुन्न पाए हुन्थ्यो

जिवन साथि बनाएर  सधै साथमा राख्न पाए हुन्थ्यो

 

गोबिन्द राज ओझा

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल

[email protected]

 

प्रतिक्रिया