बिन्दु परियार र गायक कर्णवीरको आवाजमा “सागर भन्दा” बोलको गीतको म्युजिक भिडीयो नयाँ वर्षको अवसर पारी सार्बजनिक

इनेप्लिज २०७८ पुष २७ गते २३:५६ मा प्रकाशित

अलीशा अधिकारी,
आरएनआर ग्रुप्स यू एस-
इनेप्लिज. कम

लोकप्रिय र चर्चित गायिका बिन्दु परियार र गायक कर्णवीरको आवाजमा “सागर भन्दा” बोलको गीतके म्युजिक भिडीयो नयाँ वर्षको अवसर पारी सार्बजनिक गरीएको छ।

गायक कर्णवीरको सुन्दर शब्दले भरिएको “सागर भन्दा” बोलको गीत “एकलैटी माया” म्युजिक एल्बममा रहेको गीतहरु मध्ये एक हो।लामो समय देखि अमेरिकामा बस्दै आउनु भएको गीतकार/गायक कर्णवीरले दर्जनौ नेपाली गीतहरुमा आवाज दिई सक्नु भएको छ भने म्युजिक भिडियोमा पनि मोडलको रुपमा त्यतिनै देखिनु भएको छ।

विष्णु सिलवालको निर्माणमा बनेको उक्त गीतमा येदिन गजमेरको संगीत रहेको छ भने संजीव बराईलीको संगीत-संयोजन रहेको छ।यूट्युबको “नौलो डिजीटल” च्यानल मार्फत सार्बजनिक गरिएको उक्त म्युजिक भिडियोमा गीतकार/गायक कर्णवीर र अर्पना पोखरेलको अभिनय रहेको छ।उक्त म्युजिक भिडियोमा एकान्त मगरको निर्देशन रहेको छ भने यालेन मगरकले छायांकन गरेका छन।

नेपालको बिभिन्न सुन्दर ठाऊँहरुमा छायांकन गरेको यस गीतको म्युजिक भिडियोमा साथ दिनु हुने- सुनिल माथेमा प्रधान ,रीमा श्रेष्ठ,अनुप रेग्मी र प्रतक्ष्य वा अ-प्रतक्ष्य रुपमा साथ दिने सबैलाई धेरै भन्दा धेरै धन्यवाद।

प्रतिक्रिया