मलाई एक्लै छोडेर तिमि गयौ…………………..

गोबिन्द राज ओझा              २०७८ पुष २७ गते २:३५ मा प्रकाशित

 

मलाई एक्लै छोडेर तिमि गयौ आफ्नो देशमा

तिम्रो खोजिमा म हिडे त्यो तिम्रो ठाउँमा

 

सयौ जन्म सम्म पनि तिम्रो पछि आउछु

मेरी दिलकि रानि तिमिलाई खोज्दै आउछु

एक्लै बस्न नसकेर तिम्रो पछि पछि लागि हिडे

तिम्रो बारेमा केहि थाहा नपाएर पनि पछि लागे

 

तिमि धनि घरकि म चाहि गरिव घरको

यो गरिबको दिल चोरेर तिमिले मस्ति गरेको

मलाई एक्लै छोडेर तिमि गयौ आफ्नो देशमा

तिम्रो खोजिमा म हिडे त्यो तिम्रो ठाउँमा

 

नजरमा नजर जुघ्यो मनमा माया बस्यो

बिच बाटोमा छोडेर तिमिले हिडनु पर्यो

तिम्रो रुप देखेर मेरो मनलाई लोभ्यायो

प्रिय तिम्रो मायाले मलाई बाटो देखायो

 

अपरचित थियौ तिमि दिलमा बास गर्यौ

जुनको उज्यालोको त्यो रात मलाई छोडि हिड्यौ

मायाको चिनो केहि छोडि गएका छौ कि

तिम्रो दिलमा मेरो लागि ठाँउ राखेको छौ कि

 

हृदय देखि नै माया थियो त्येसैले तिमि सँग बोलेको थिए

मेरो दिलमा डेरा गरेको थियौ त्येसैले तिमिलाई खोजेको थिए

मलाई एक्लै छोडेर तिमि गयौ आफ्नो देशमा

तिम्रो खोजिमा म हिडे त्यो तिम्रो ठाउँमा

 

गोबिन्द राज ओझा

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल

[email protected]

 

 

 

प्रतिक्रिया