फर्क अब सबै फर्क

सुरेन्द्र नापित २०७८ पुष २६ गते २३:३६ मा प्रकाशित

 

नेपाल आमाको मुहारलाई अझै हँसाउन
सन्ततिको भविष्य सुरक्षित र उज्वल बनाउन
फर्क अब फर्क सबै दाजुभाइ दिदीबहिनी
बिश्वको जुनसुकै कुनाकाप्चामा रहे पनि ।

हातमा सिप भएकाले सिप लिएर फर्क
ज्ञान हासिल गरेकाले ज्ञान लिएर फर्क
प्रबिधी सिकेकाले प्रबिधी लिएर फर्क
धन भएकाले धन लिएर फर्क।

सबै नेपाली दाजुभाइ दिदीबहिनी मिलेर
हातेमालो गर्दै बिकास निर्माणका काम गर्न
कसैमाथि भेदभाव नगरि समुन्नत नेपाल बनाउन
देशको शिर सगरमाथा जस्तै उंचो बनाउन।

मातृभूमी प्रति आफ्नो मायाँ र दायित्व सम्झेर
मैले अझै केहि गर्न बाकि छ भन्ने ठानेर
अब पनि ढिलो गरे पश्चाताप गर्नुपर्ला भन्ने सोचेर
सबै मिलिजुली काम गर्ने अठोट बोकेर।

आआफ्नो क्षेत्रमा योगदान गर्ने गरि फर्क
देशलाई हरेक क्षेत्रमा विकास गर्न फर्क
नेपालको भविष्य उज्वल बनाउन फर्क
फर्क अब सबै फर्क, ढिलो नगरि फर्क।

सुरेन्द्र नापित
तानसेन,पाल्पा
हालः बोष्टन,अमेरिका

 

प्रतिक्रिया