आइतबार, माघ ९ २०७८
काठमाडौं १५:२७
वासिङटन डिसी 04:42

मिलन खड्काको निर्देशनमा “अमिला कथा” सार्वजनिक

इनेप्लिज २०७८ पुष २५ गते १३:१५ मा प्रकाशित

ओ टु स्टुडियो एण्ड प्रोडक्शन हाउसको नयाँ प्रस्तुती “अमिला कथा” नामक गीत बजारमा आएको छ । मिलन खड्काकाे निर्देशनमा बनेकाे याे गीत ओ टु स्टुडियोको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

लोकप्रिय गायक तथा संगितकार सुबिन सेञ्चुरीको स्वर एवमं संयाेजन रहेको यो गीतमा उनै सेञ्चुरी र प्रतिक्षा खतिवडाकाे मार्मिक तथा यथार्थपरक अभिनय देख्न सकिन्छ ।

यस भिडियोको डिजाइनिङ र सम्पादन हिम सागर बमले गरेका छन् । यस भिडियाेकाे छायाङ्कन विकास मगर र सुमन मगरले गरेका छन् ।

यस गीतमा पीडाले कुनै पनि व्यक्तिलाई कहाँदेखि कहाँसम्म पुर्याउँछ भन्ने कुरा देखाउन खोजिएको छ । याे भिडियाेमा पीडाले मानिसलाई कसरी परिवर्तन गर्छ भन्ने कुरा देख्न सकिन्छ । आफ्नो प्रेमिकाको मृत्युपछि प्रेमीको रोधन र वेदनालाई समेटिएको यो भिडियोमा कतिपय कुराहरू भने सस्पेन्स राखिएको छ ।

प्रतिक्रिया