बन्की चरी

डिग बहादुर तामाङ्ग २०७८ पुष २४ गते १२:३६ मा प्रकाशित

बनकी चरी बनैमा रमाउछिन।रामरीलाई,साथीसंगिनीको मतलब पनि थिएनन,जहिले पनि लाटेपतालको जंगलमा घाँस दाउरा खोज्न जान्थिन।पल्लोघरे नरसिंह्की छोरीहरु र रामरीकै बहिनीहरु माइली साँइलीहरुसंग पनि साथमा नगएर रामरी एक्लै डोको र हाँसिया बोकेर विहानाका खाना खाने बित्तिकै हिडथिन।बिबाह गर्ने उमेर काटी सकेकी थिइन रामरीले,अल्की काली बर्णकी लामो अनुहार,नाकमा ढुंग्री बुलाकी,हातमा चादीका बाला,लामो कपाल,त्यस ठाँउका केटाहरु भुतुकै हुन्थे।रामरीकी रुपरंग देखेर तर रामरीको अगाडि कोहि पनि अगाडि सरेर बोल्ने आँट गर्दैनन थिए । गाँउका युवातीहरुसंग सम्बाद बनाउन, कि उनि सुर्ती पिउने हुनु,पर्यो कि चाँहि फतफत गरेर बोल्ने हुनु पर्ने होइन भने कसैको हिप्मत नआउने रहेछ केटीसंग बोल्न।

जब सबैजन जंगलबाट घाँस दाउराको भारी कसेर निस्कनथे तब रामरीको घाँसे गितको आवाज सुनिन्थ्यो उनको गीतका बोल “ हे श्री महाराजै ज्यानको लौ सवारी भयो, गोर्खालि देशतिर,बागमती धाउने सानो माँयाँ लाउने कोहि छ कि यसतिर” एक दिन उल्फट्याग काले भन्ने केटोले अरलेखेतको आलिबाट रामरीकी गीतको जवाफ फर्काउने आँट गरे । रामरीकी गीतको जवाफ गए, रामरीलाई लाग्यो राम्रा स्वरमा गीतको जवाफ फर्कान केटा भर्खरको १६ बर्षको थियो । कालेको गीतको जोवाफ थियो, “ हे बागमती धाउने, तिम्लाई माँयाँ लाउने, उभो नजर लाउनु खेतको आलि मास्तिर” गीत गाँउदै रामरी मास्तिर आईन, पल्लोपट्टिको डिलमा घाँसको भारि बिसाइन, हँसियालाई फरियामाथिको कम्मरमा बाँधेको पटुका घुसारिन र गीतलाई निरन्तर दिन थालिन । कालेलाई त्यति पिरतीको कुरो थाह थिएन तर रामरीलाई यौवनको चाहाना के हो भन्ने बिषयमा राम्रो ज्ञानको अनुभव भएतापनि त्यसबेलाका समय परिस्थितीले विवाह नभै हुने कुरै भएन । अहिलेको जस्तो समाजले संगै बस्ने व्यवस्थालाई स्वीकार गर्ने चलन पनि थिएन फेरि त्यसमाथी गाँउले जीवन । रामरीले प्रायजसो कालेलाई घाँसेगीतको झटारोले हान्न थाल्थिन, काले गीलाई फर्काई दिन्थे । कालेलाई गीतगाउने अभ्यास भै रहेको थियो । उता रामरीलाई आफूभन्दा १० बर्षकान्छो त्यति मात्रै होइन पढे लेखेका राम्रै घरको ठिटोलाई पाए भन्ने विस्वासमा परिन।

यहि बेला ठूलो एकदशीको मेला थानपतीमा माहदेवलाई गाईको दूध लिएर जाने आदेश आमाको कालेलाई भयो । थानापती रामेछाप जिल्ला पल्लोपट्टि पथ्र्यो । संजोकले भनौ रामरी र उनकी बाबु पनि गएको रहेछ । रामरीलाई कालेलाई देख्ने बित्तिकै बोलाएर सेलरोटी ख्वाउन मन लाग्यो तर काले रामरीकी छेउमा आउन लाज मानेर बसे,केहि बेरमा रामरीको बाबु सोरठीगीतमा मादल बज्न थालेपछि उठेर नाच्न गए र रामरीलाई कालेलाई ख्वाउने मौका मिल्यो । भोलिपल्ट सबैजना घरमा फर्किने क्रममा थानपती कारजंग मिल्तिखोला,निकासी,मेलुङ काटेर भेडापु आउन पर्ने बाटोमा सबैजनाले रमाई गर्दे फर्के।

रामरीले कालेलाई फकाउन थालिन, हेर “ म तिमीलाई माँयाँ गर्छु मलाई माग्न तिम्रो बाबुलिएर हाम्रो घरमा आउनु” कालेले घाँसे गीत सिक्न थालेको जोहारीले साँच्चिकै माँयाँ जालमा परिणत हुन थाल्यो । घरमा कालेको पढाईतिर ध्यान नगएको आमाले चाल पाईन “के हो रामरीले त तिमलाई फसाउन थालिन कि क्या हो जेठा” आमाको अघि कालेले लाजले केहि बोल्न सकेन,अब तिमीलाई काठमाडौमा पठाउने भनेर तिम्रा बा लाई आजै भन्छु । कार्तिक महिनाको अन्तिमतिर खेतमा दाँई गरि रहेको थियो रामरी आएको देख्यो कालेले,खेतालाहरुलाई छोडेर रामरी भए ठाँउतिर लागे काले । रामरीको अकैै योजना थियो आज “ आज म कालेलाई जीवनको अमूल्य चिज चखाँउछु” कालेलाई कामबासानाको त्यति ज्ञान आईसकेको थिएन तर रामरीलाई उमेरले सिकाइ सकेको थियो। कालेलाई बिटुल्न खोजिन तर कालेले वास्तसम्म गरेनन । रामरीलाई काले अतिनै मन परि सकेको थियो । तर कालेले गाँउलाई छोडेर काठमाडौमा पढन आउनले रामरीको चाहाना अधुरो रहे काले बिटुलो पर्नु परेन ।

-डिग बहादुर तामाङ्ग

प्रतिक्रिया