लभुकथा निर्णय नम्बर १

सञ्जय साह मित्र,रौतहट २०७८ पुष २४ गते ११:०४ मा प्रकाशित

 

समितिको बैठक बस्यो।महिलाहरूको उपभोक्ता समितिको बैठक।समितिका पदाधिकारी,सदस्य तथा सल्लाहकार सबै महिला।

बैठकमा बस्ने सबै पुरुष थिए।अधिकांश श्रीमान्,दुई तीन छोरा र केही ससुरा।सबै पुरुष आफ्ना श्रीमती,आमा र बुहारीका प्रतिनिधि थिए।

बजेट आएको थियो।कार्यान्वयनको लागि बैठक बस्यो।बैठकभन्दा पहिले नै सहमति भइसकेको थियो।त्यही सहमतिलाई बैठक तथा निर्णय पुस्तिका लेखेर सही गर्नु थियो।सहमति नै लेखियो निर्णय पुस्तिकामा।

निर्णय नम्बर १.आएको बजेटको सबै रकमले तोकिएको मापदन्ड पूरा गरी भवन बनाउने निर्णय सर्वसम्मतिले पारित गरियो।

निर्णय नम्बर १.आएको बजेटले पुरानो घर भत्काउने निर्णय सर्वसम्मतिले पारित गरियो।

दुई छुट्टाछुट्टै बैठक तथा निर्णय पुस्तिकामा लेखिएका निर्णय नम्बर १ मा सबै जनाले हस्ताक्षर गरे।हस्ताक्षरमा कसैको आफ्नो नाम थिएन।

सञ्जय साह मित्र

रौतहट

 

प्रतिक्रिया