पाठशाला घर हो आमा पहिलो गुरु हो
सबै कुरा सिकाउने मेरी आमाले हो
नौ महिना गर्भमा राखी दुख कष्ट सयौ
अमृत झैँ दुधको दशधारा पिलायौ
मायाले सुम्सुम्याउथ्यौ सानो छदा मलाई
कयौ पीडा सह्यौ मलाई बचाउन, हुर्काउनलाई
आफु भोको बसेर भए पनि खाना खुवाछिन सधै
आमा बिनाको जिन्दगि कल्पना गर्न सक्दिन कहिले
मेरो हर कार्यमा प्रेरणा मिल्छ सधै उनको मायाले
धेरै नामले बोलाउछिन मेरी मलाई आमाले
मेरो मनको मन्दिरमा सजाएर राख्छु मेरी आमालाई
पढाई ,लेखाई मेरो सन्तान भनि चिनाउने उनिलाई
आमा हुन मेरो संसार कुन शव्दले गरु मैले बयान
बिरामी पर्दा, घाऊ खटिरा आउदा,रातभरि छट्पट गर्दै नसुतिकन
मेरै लागि दु:ख पिडा सारा भुलेर संङघर्ष गरिन
दु:ख लाई पनि मलाई हेरेर खुसि मन बनाईन
आमा तिम्रो रहरमा नौलो गीत सुनाउँछु
संसार यो जति सजाउने छु सपूत तिम्रो कहलाउनेछु
आमा तिम्रा आशिषले सृष्टि नौलो सजाउँछु
के भरोसा जिन्दगीको आमा तिम्रो सेवा गर्नु छ
आामा देउँ आशिष यो सुख दु:ख सहीरहुँ
सपनामा पनि सधै तिम्रो तस्विर देखिरहु
आमा ! तिमी जन्म दिने मलाई तिम्रो तिर्नु छ अभिभारा
सन्तानै सबको प्रिय हुन्छन ,जन्म दिने आमा
पुज्छु जैले ढोग सेवा गर्छु आमा अर्पण
दिन्छु आमा हर्ष छर्दै लाख लाखौं कामना
गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल डोटी
प्रतिक्रिया