पेटको ९ महिनाको बच्चा श्रीमानले मेरो होइन भनेपछि संसार छोडिन्,चल्यो रुवाबासी, श्रीमान पक्राउ (भिडियो)

इनेप्लिज २०७८ पुष २३ गते २३:०९ मा प्रकाशित

उर्लाबारी।झापाको मेचीनगर–१३ की २४ बर्षीया विद्या उप्रेती भट्टराईले गत बैशाखमा विवेक भट्टराईसँग प्रेम विवाह गरिन्।२ बर्षदेखि प्रेम सम्बन्धमा रहेका विद्या र विवेकले भागेर विवाह गरेपछि उप्रेती परिवारले एक महिना अघि मात्र विवाह गरिदिएको थियो।विद्याको पेटमा १० महिनाको बच्चा हुर्किरहेको थियो।माघ १५ गते विद्या आमा र विवेक बुवा बन्दै थिए।

तर, विद्याले १० महिनाको पेटको बच्चासहित आत्महत्या गरिन्।विवेकले यो मेरो बच्चा होइन भन्दै पटक पटक विद्यालाई याचना दिएको र दाइजो कम दिएको आरोप माइती पक्षको छ।विद्याको शरिरमा निलडामसमेत देखिएको र घटना रहस्यमय भएको भन्दै माइती पक्षले श्रीमान विवेकसहितलाई कार्वाहीको माग गरेका छन्।माइती पक्षले उजुरी दिएपछि श्रीमान विवेकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।माइती पक्षले हत्या गरेर झुण्डाएको बताउँदै आएका छन्।किन त विद्याले आफुसँगै पेटमा हुर्किदै गरेको १० महिनाको बच्चासहित आत्महत्या गरिन् ? की माइतीले भने झै हत्या गरेर झुण्डिाइएको हो त ? यी यस्तै प्रश्न खडा भएका छन्।यो घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कार्वाही र पीडित परिवारलाई न्याय दिनु पर्छ ।

प्रतिक्रिया