टुक्का साहित्य समाज काे आयाेजनामा “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-१३” अन्तर्गत भदौरे छन्द मा टुक्का लेखन अभ्यास सम्पन्न !

इनेप्लिज २०७८ पुष २३ गते २२:३९ मा प्रकाशित

काठमाडाैं, टुक्का साहित्य समाज काे आयाेजनामा २०७८ पाैष २१ गते बुधवार “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-१३” अन्तर्गत भदौरे छन्द  (लाेक छन्द) मा  टुक्का लेखन अभ्यास सम्पन्न भएकाे छ ।

प्रशिक्षक अनिल खग्रासकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट ३० टुक्का सर्जकहरूकाे सहभागिता रहेकाे थियाे ।

टुक्का साहित्य समाजका अध्यक्ष तथा कार्यक्रमकाे परिकल्पनाकार ताराप्रसाद चापागाईंले अक्षर संख्या बराबर गरेर तुक् (अन्त्यानुप्रास) मिलाएर दुई हरफमा पूर्ण हुने गरि लेखिने नेपाली माैलिक प्रयाेगवादी लघुत्तम काव्यिक विधा “टुक्का” लेखनमा विविधता ल्याउने क्रममा छन्दमा टुक्का लेख्ने साप्ताहिक अभ्यास श्रृङ्खलाहरू सञ्चालन गरेर नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने प्रयास गरिएकाे बताउनु भयाे ।

भदौरे छन्द (लाेक छन्द)
वर्षा ऋतुको उत्तरार्ध तथा शरद ऋतुको आगमनपूर्व गाइने वा शारदीय चाडहरुको आव्हान गरिने लोक छन्दलाई भदौरे छन्द भनिन्छ।
~ यो छन्दमा अक्षरको गन्ती हुन्छ।
~ आकार,इकार,उकार लागेका सबैलाई १ अक्षर गनिन्छ।
~ आधा अर्थात काटिएका अक्षर गन्ती हुँदैनन्।
~ भदौरे छन्द ८ अक्षर हुन्छन्।
~ भदाैैैरे छन्द काे सुत्र:-
~  २+२,२+२ = ८ अक्षर

अभ्यासका क्रममा सङ्कलन भएका भदौरे लाेक छन्दमा सिर्जना गरिएका टुक्काहरू

[१]
१.
खेतीबाली लगाएर
सक्यौँ हिलो पखालेर।
२.
चाडपर्व आयो बरै
उज्यालो भो झुप्रो घरै।
~ अनिल खग्रास

[२]
१.
आँखा भरी तिम्रो मायाँ
तिमी मेरो  दायाँ  बायाँ।
२.
फुलै फुल्यो बास्ना छरी
बिर्सनु   म  कसो  गरी।
३.
घरबारी  तोरी फुल्यो
त्यो देखेर मनै भुल्यो।
४.
माया गरौँ  आऊ भागौँ
बिहानी मै बाटो लागौँ।
५.
म हुँ तिम्रो  तिमी मेरो
पिरतीको  सेरो  फेरो।
✍️ नवशिला
बेलबारी-२,लालभित्ती,मोरङ ।
हाल गोदावारी,लालितपुर ।

[३]
१.
खेतभरि पानी लाग्यो
किसानीको चिन्ता भाग्यो।
२.
हरियो छ घर गाउँ
लाग्छ मेरै गाउँ जाउँ।
✍️ पौडेल विमुन्स
पोखरा कास्की

[४]
१.
आँसु झर्छ तिम्रा लागि
तिमी गयौ टाढै भागि ।
२.
नसोचेको छैन दिन
आउँदिनौ तिमी किन ।
३.
धेरै धन कमाउनु
आनन्दले रमाउनु ।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास

[५]
१.
मेघ फाट्दै गयो जब
चाडपर्व आयो तब ।
२.
प्रकृतिको  वरदान
नेपालको बेग्लै शान ।
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गाउँपालिका-६, दोलखा

[६]
१.
लाैन प्रभु  कसाे गरुँ
लाग्न थाल्यो आफैँ मरुँ ।
२.
ऋण तिर्न सकिएन
रिपुबाट बचिएन ।
३.
चाडपर्व  आए झनै
गल्न थाल्यो  तन मनै ।
४.
आफ्नो सारा खेर गयाे
ऋणमाथि ऋण भयो ।
५.
एकअर्काे  रझाएर
देख बन्छ  सघाएर ।
६.
देशलाई  पार्न नामी
थालाैँ काम आजै हामी ।
७.
आफू हैन भनाै हामी
बन्न साथी  अग्रगामी ।
✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७,उपल्लो गाेहाेरे,गाेरखा।

[७]
१.
घाम लाग्दा घमाईलो
हाँसो  ठट्टा  रमाइलो।
२.
जुन छदै टहटह
तारेमाले हहहह।
३.
दायाँबायाँ वरपर
आँखा छल्दै प्यार गर।
४.
मुरी फल्छ मानो रोपे
समयमा मौका छोपे।
५.
वास्ता  छैन  छेउकुना
पापी आँखा चोलीतुना।
६.
वेंशीतिर  झर्नुपर्छ
कुलो सफा गर्नुपर्छ।
७.
असारको गीत राम्रो
अचम्मको रित हाम्रो।
✍️ चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके

[८]
१.
आफ्नै वारी खन्दै जाने
खेती पाती गरि खाने।
२.
कोदो रोप्दा गित गाई
साथी संङ्गी प्रित लाई।
३.
तिमी हामी नाचौँ गाउ
सँगसँगै माया लाउ।
✍️ दुर्गा आचार्य
मोरङ

[९]
१.
घाम तातो भदौरेको
कुरा मीठो फतौरेको।
२.
धान मकै सुकाउँला
सुकेपछि कुटाउँला।
३.
भदौरेको बाढी भेल
राम्रो हुन्न यस्तो खेल।
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

[१०]
१.
तिमी गयौ कता कता
म रोएकी हेर यता ।
२.
माया भए मन भरि
सम्झना छ हर घडी ।
✍️ इन्दिरा देवकोटा
कपिलवस्तु न.पा.३

[११]
१.
हेर्दा लाटा सिधा जस्ता
कुरा गर्न चिप्ला कस्ता ।
२.
सकिँदैन भेटाउन
मन्को प्यास मेटाउन ।
३.
हे बरी हे बरी आम्मै
लाई दिउँ माया ठ्याम्मै ।
✍️ गुणनिधी घिमिरे

[१२]
१.
मन अन्तै माेडी गयाै
त्यसै किन टाढा भयाै ।
२.
चिसाे  हावा चुम्दै गयाे
चन्चले याे मन भयाे ।
३.
हासाैँ खेलाैँ दिल खाेली
थाहा छैन के हाे भाेली ।
✍️ ताराप्रसाद चापागाईं
धुनिबेसी

[१३]
१.
छुपु छुपु, रोप्यौ धान
वर्षभरी, पुग्छ खान ।
२.
बाउसेले, गाए गीत
गजबको, हाम्रो रीत ।
३.
छोडी जोत्न, हली दाइ
नाच्न थाले, त्यही आई ।
४.
पानी पर्यो, हिलो मैला
बाढी पैरो, खैलाबैला ।

चाडपर्व, लागे लर्को
महंगीको, ब्यथा चर्को ।
✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ

[१४]
१.
धान ब्याड ,उखलेर
रोप राम्रो ,समाएर ।
२.
साथीहरू, आए होला
तर्न सक्ने, छैनन् खोला ।
✍️ भगवती दवाडी
झापा ।

[१५]
१.
भदौ को यो दिन भित्र
फेरिदैछ  मान  चित्र।
२.
अन्न पानी हामीलाई
रोपौँ छरौँ दाजु भाई।
३.
कोदो मकै छर्दै जाउँ
पाके पछी आफै खाउँ।
४.
बाँच्न लाई काम गरौँ
घैया फाप्री सबै छरौँ।
५.
खुसी साथ बाच्नु पर्छ
दु:खी नहौँ आँसु झर्छ।
✍️ लक्ष्मी श्रेष्ठ
बिर्तामोड झापा

[१६]
१.
श्रावणमा शिव सँग
हेर् भक्तको नौंलौ रंग।
२.
तीज आयो भाद्र मास
चेलीलाई लाग्छ खास।
३.
सनातनी चाडपर्व
सबै मिली गर्नु गर्व।
✍️ अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।

[१७]
१.
बाँच्नलाई भद्रगोल
जिन्दगानी अनमोल।
२.
रोपे फल्छ, पक्कै पाक्छ
जिन्दगीमा, आश जाग्छ।
३.
काम गर होला नाम
नत्र तिम्रो छैन काम।
४.
होश गर  ख्याल गर
मिठो गर भव तर।
५.
हिँड्दै जाउँ लक्ष्य भेट्छौ
बसि राखे भाग्य रेट्छौ।
✍️ अर्जुन उप्रेती (अप्रतिम)
असम (भारत)

[१८]
१.
छुपु छुपु रोपौ धान
कृषि हाम्रो लागि सान ।
२.
मलजल लगाएर
खेत रोपौ सम्याएर ।
३.
रोपाहरु खेतैभरी
आउ कान्छी कुलो तरि ।
✍️ बुद्धिमान चौधरी
कनकाई नगरपालिका ४ झापा

[१९]
१.
हिमालमा हिउँ पर्याे
तराईमा शीत झर्‍यो ।
२.
माैषमकाे हेराफेरी
ओठ काम्याे तेरिमेरी ।
३.
घाम लाग्ने कैले हाेला
जटाधारी शिव भाेला ।
✍️ रामकृष्ण दुवाडी
पाेखरा ।

[२०]
१.
खेती गरौं हिलो पारी
वारि पारी सबैटारी ।
२.
धान रोप्नु खुसी भइ
हिलो खेल्नु खेत गइ ।
३.
खेत बाली गर्नेकर्म
कृषि बाली गरौं मर्म।
४.
भदौमा त्यो रोपौ धान
बर्षै भरी माम खान ।
✍️ बेदु न्यौपाने
काठमाडौ

[२१]
१.
सबै मिली रोपौं धान
बर्ष भरि पुग्ने खान  ।
२.
मलजल गरि कन
लगाउनु धेरै जन ।
३.
खानु पर्छ बर्ष भरी
मिलाएर थरीथरी ।
४.
यही बेला आयो तिज
माइतीमा हुन्छौं चिज ।
✍️ दुर्गा भट्टराई
मोरङ

[२२]
१.
बाझो छैन खेतबारी
बोक्ने गर्छु मल भारी ।
२.
उब्जाएर खाने अन्न
भकारीमा भर्छु टन्न ।
३.
मिहिनेती पाखुरामा
उपलब्धी टाकुरामा ।
४.
आरिसले हुन्न हेर
मिहिनेत गर धेर ।
✍️ तारा घिमिरे
संखुवासभा

[२३]
१.
सुनसान आज भोली
टुक्का लेखौँ दिल खोली।
२.
डाँडा काडा पहरामा
हेर्दैछु म छहरामा।
✍️ कमला पाण्डे पराजुली
झापा

[२४]
१.
दु:ख गरि, खान्छु माम
भए पनि, कुनै  काम।
२.
दिल मा छ, तिम्रो चित्र
तिमी छाै नि, मुटु भित्र।
३.
मिठाे मिठाे, खाजा खाउँ
आउँ माया, उता जाउँ।
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही  बुटवल

[२५]
१.
रात गयो दिन आयो
बग्यो बर्ष ज्यान खायो ।
२.
आँत सुक्यो पानी छेऊ
आमा तिम्रो माया देऊ ।
३.
नयाँ छैनन्  कुरा पनि
घर छैनन् भुरा अनि ।
✍️ पुष्पशायरा
बिराटनगर ।

[२६]
१•
बाढी पैह्रो  ज्यादा भयो
ऑफ्नो घर खेतै गयो।
२•
असारमा धान रोप्ने
भदौ लाग्दा ज्यान छोप्ने।
✍️ घनश्याम पौडेल
सृजना चोक,पोखरा।

[२७]
१.
हाँसीखुसी हामी बाच्ने
सबैमिली यहाँ नाच्ने ।
२.
नेपालमा धेरै राम्रो
रितिथिती हुन हाम्रो ।
✍️ बिक्रम तिरुवा सलिन
जुम्ला

[२८]
१.
मेला पर्व आए हाम्रा
लाग्छ झनै दिन चाम्रा।
२.
गरी खाने बर्ग लाई
छैन खुसि दाजु भाई।

मन भित्र पिडा हुँदा
आँखाबाट आँसु चुँदा।

कसो गरी हाँसौँ हामी
आए पनि पर्व दामी।

आउ गरौँ हाते मालो
आउनेछ हाम्रो पालो।
✍️ सुरेशकुमार पान्डे
दाङ घोराही-१८

[२९]
१.
कहाँ  हुन्छ सधैंभरि
मिठो मौका ज्ञान छरि।
२.
दियो जले हित गर्छ
पिर चिन्ता सबै हर्छ।
✍️ इश्वरी अधिकारी
लमुजुङ्ग

[३०]

हावाहुरी झै त आयो
वमिक्रोन देस छायो।
✍️ नवीन जाेशी
कैलाली ।

>>> जय टुक्का! जय साहित्य!! <<<

प्रतिक्रिया