तिम्रो कालो लामो केश हेरेर बसे म
तिमि बाटोमा रोकियौ भेटनलाई आए म
रोकिएर भेटन देउ प्रिय केहि कुरा गर्नु छ
धेरै पछिको भेटमा तिम्रो मुस्कान देख्नु छ
लुकि लुकि मलाई हेर्ने तिम्रा ति आखाहरु
म आए तिमिलाई खोज्दै देउ मायाका गफहरु
आए आज म तिमिसँग मेरा कथाहरु सुनाउन
तिमिले दिएको मायाको चिनो साथमा लिएर जान
सबै भन्दा प्यारो तिमिलाई मान्दथे म
तिम्रो कालो लामो केश हेरेर बसे म
गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल डोटी
प्रतिक्रिया