रुखको फेदी नै मेरो घर भएको त्यो क्षणमा
मेरा सबै आफन्तहरु टाढिएको त्यो पलमा
लगाउनलाई लुगा थिएन थोत्रे लुगा लगाउथे
खान नपाएर कहिले काहि भोकै पेट सुतेथे
रोगि शरिर भोको पेटको ति क्षणहरु सम्झदा
मेरा परिस्थितिको ति दिनहरु सम्झदा
गरिव भएकै कारण निच सोचले हेर्ने ति आखाहरु
बस्ने एक झुपडि पनि बनाउन नसकेको समयहरु
बाच्नलाई पनि कठिन संघर्ष गर्नु पर्दो रहेछ
गरिव र धनि बिचको पर्खाल काहाँ बाट खडा हुदोरहेछ
धनको घमण्डले होला गरिव लाई चिन्दैन रहेछ
थोत्रे लुगा लगाउने भएकाले आफन्तले साथ छोडदो रहेछ
धन सम्पतिको पछाडि दौडनेहरु गरिवको मान प्रतिष्ठा के थाहा हुन्छ
मात्र भोको पेटको डर छ ,चुलो नबल्ने मात्र त्रास गरिबलाई हुन्छ
गरिविको हालत कसरी थाहा पाउछन यि धनिहरुबाट
सुधार गर्नु पर्छ गरिबिको स्थिति यो देशबाट
युवा सब मिलि गरिबि हटाउने तर्फ कदम चलाउनुपर्छ
यो देशबाट गरिविलाई हटाउन सारा देशबासिले हातमा हात मिलाउनुपर्छ
गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल डोटी
प्रतिक्रिया