माओवादी केन्द्रको पदाधिकारी छनोट हुन अझै केही दिन लाग्ने

इनेप्लिज २०७८ पुष २१ गते ११:४४ मा प्रकाशित

काठमाडौं ।नेकपा माओवादी केन्द्रको पदाधिकारी छनोट हुन अझै केही दिन लाग्ने भएको छ।आठौं महाधिवेशनबाट अध्यक्ष तथा केन्द्रीय सदस्यहरूको टुङ्गो लागेपनि पदाधिकारीहरूको छनोटको लागि भने अझै केही दिन लाग्ने भएको हो ।

पदाधिकारीमा आकाङ्क्षी नेताहरूको सूची धेरै भएकाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पद अनुसारको नाम टुङ्गो लगाउन सकस देखिएको छ।

विशेष गरि महासचिवमा धेरै नेताको दाबी छ।वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ लगभग पक्का जस्तै हुनुभएपनि उपाध्यक्ष,महासचिव,उपमहासचिव,कोषाध्यक्षको नाम टुङ्ग्याउन ढिलाइ भइरहेको हो।यसबारेमा आउँदो आइतबार बस्ने केन्द्रीय समितिको बैठकमा छलफल हुने नेताहरूले बताएका छन्।

प्रतिक्रिया