तिमि सँग भेटने ईच्छा अधुरो रह्यो म भेटु कसरी
तिम्रो यादले सताईरहन्छ सधै म विर्सु कसरी
झर्छन आशुका थोपाहरु ताल बनि बग्छन
तिम्रो यादमा दिनहरु मेरा कसरी बित्छन
भेटछु भन्छु तिमिलाई समय मिलाउन सकिन
तिम्रो सम्झनामा दिनहरु बिते भुल्न मैले सकिन
लामो लामो केश तिम्रो भुईलाई छोएछ
सपनामा देख्थे तिमिलाई भेट हुने समय आएछ
ठेगाना थाहा छैन तिम्रो तिमिलाई भेटे म कसरी
तिम्रो यादले सताउदा म रोए बेस्सरी
प्रतिक्रिया