प्रशिक्षक अनिल खग्रासकाे संयाेजकत्वमा सन्चालन भएकाे उक्त कार्यक्रममा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट ३० टुक्का सर्जकहरूकाे सहभागिता रहेकाे थियाे।
टुक्का साहित्य समाजका अध्यक्ष तथा कार्यक्रमकाे परिकल्पनाकार ताराप्रसाद चापागाईंले अक्षर संख्या बराबर गरेर तुक् (अन्त्यानुप्रास) मिलाएर दुई हरफमा पूर्ण हुने गरि लेखिने नेपाली माैलिक प्रयाेगवादी लघुत्तम काव्यिक विधा “टुक्का” लेखनमा विविधता ल्याउने क्रममा छन्दमा टुक्का लेख्ने साप्ताहिक अभ्यास श्रृङ्खलाहरू सञ्चालन गरेर नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने प्रयास गरिएकाे बताउनु भयाे।
युगल बालौरी (लाेक छन्द)
~ यो छन्दमा अक्षरको गन्ती हुन्छ।
~ आकार,इकार,उकार लागेका सबैलाई १ अक्षर गनिन्छ।
~ आधा अर्थात काटिएका अक्षर गन्ती हुँदैनन्।
~ युगल बालौरी १४ अक्षर हुन्छन्।
~ युगल बालौरी काे सुत्र:-
~ सूत्र – ४+३,४+३ = १४ अक्षर
अभ्यासका क्रममा सङ्कलन भएका युगल बालाैरी लाेक छन्दमा सिर्जना गरिएका टुक्काहरू
[१]
साथीभाइ पढेर, ठूला मान्छे बनेका
म त भएँ गोठालो बर्र आँसु झरेका।
अनिल खग्रास
[२]
१.
आउ आउ साथी हाे खेली खेली रमाऊँ
कुनै विपद् परेमा हातमा हात समाऊँ।
२.
पढि लेखी गरेर राम्राे बन्दै गएकाे
सुसंस्कार शिक्षाले कति ज्ञानी भएकाे।
ताराप्रसाद चापागाईं
धुनिबेसी ।
[३]
१.
भुन्टा भुन्टि उफ्रदै,रमाईलो गरेर
पिङ माथि चढेर,कति छिट्टो झरेर।
२.
घर बाट ल्याएर,मिठो खाजा खाएर
नाच्दै बसे रमाई,क,ख,रामा गाएर।
३.
हात हात मिलाई, साथि बने रमाई
खेल खेले कुदेर, माथि हात समाई।
४.
ज्ञानी बच्चा देखेर, गुरु आमा रमाए
राम्रो गरि पढेर, ठूलो नाम कमाए।
दुर्गा आचार्य
मोरङ
[४]
१.
पढ्न लेख्न गुरुले दिनुभयो मलाइ
पढ्दैछुनी पढाई भित्री मन जलाइ।
२.
अघिबढ्न सबैले पढ्नुपर्छ गमेर
बैज्ञानिक भएर आउनेहो जमेर।
३.
प्रेम गरें मइले मनभित्र सजाइ
छोडी गई मोरिले मेरोमुटु जलाइ।
४.
सुनसान दिनमा पानीपरी रहेछ
तुवाँलोले दिनमै अन्धकार भए।
५.
हेमन्त यो ऋतुले पानी पार्दै रहेछ
हिजोआज सारैनै चिसो बड्दै गएछ।
बेदु न्यौपाने
काठमाडौ
[५]
१.
मेरो ज्ञान छ भनी घमण्ड त नगर
यस्तै रूखो वचन लाए पर्छौ अभर।
२.
धेरैजना छन् भने काम तेरो र मेरो
समयमै सक्दिन्छन् हुने छैन अँधेरो।
३.
सुनसान लाग्दछ आउँदा आज भोलि
कतिसाह्रो खस्रो हो सानू तिम्रो त्यो बोली।
कमला पाण्डे परमजुली
झापा
[६]
१
पारीबाट को आयो,रातो छाता ओढेर
[७]
१
एम सीसी फालेर देशलाई बचाउँ
अंग्रेजको नियत रापतिमा बगाउँ।
२
चुनावको बेलामा आउँछन आँगनी,
यसपालि हामिले पठाउँला न भनी।
सुरेशकुमार पान्डे
दाङ घोराही-१८
[८]
१.
बारम्बार भन्दैछु, चकचक नगर
ज्ञानी भइ पढेर, पूरा गर रहर।
२.
जीवनमा दु:ख छ, नबुझेको को होला
परिश्रम गरेर, शिखरमा त्यो छोला।
३.
आँसु झर्छ बरर,सम्झनाले पिरोल्दा
मुटु फुल्छ डरले,यादले त्यो गिजोल्दा ।
राजेशराज गड्तौला
रतुवामाई- १०,मोरङ
हाल- प्रवास
[९]
१,
तिम्रो दिल कस्तो छ हेर्न मन लाग्दैछ
भित्री मन देखीनै बुझ्न लाई जाग्दैछ।
२,
मायाँ गरि बस्याछु तिमीलाई म धेरै
दियो बत्ती बाल्दछु उठिकन सबेरै।
३,
देबी देवता भाक्छु तिमी मेरी भनेर
टोलाएर हेर्दछु जुन तारा गनेर।
४,
सारालाई भन्दैछु हामी दुई मिलेको,
तेसैले बगैचामा फुल हरु खिलेको।
लक्ष्मी श्रेष्ठ
बिर्तामोड झापा
[१०]
१.
सोचेजस्तो सजिलो, कहाँ हुन्छ जीवन
खानुपर्छ हन्डर,मुस्किल छ यापन ।
२.
बनाउछु सुन्दर, भन्थे तर सकिन
भए साह्रै बबुरो, जिन्दगीमा म किन ?
३.
खाइसके हरेस, कस्तो भाग्य रहेछ
रोक्छु आँसु भनेको,आँखाबाट बहेछ।
वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४,दाङ
[११]
१.
भोगेकि छु जे पनि दु:ख कष्ट पहिले
रमाएरै बसिछु सुख पाछु अहिले।
२.
दोष छैन भाग्यको कामाएरै बसिन्छ
दु:ख कष्ट झेलेर, माया प्रीति कसिन्छ।
दुर्गा भट्टराई
मोरङ
[१२]
१.
किनहाेला मायाले यता हेर्नै भुलेछ
शंका थियोे सहि भाे अन्तकतै डुलेछ।
२.
बिनासित्तै शंकाले किन लंका जलेकाे
नयाँ स्वाद खाेजेर आँखा मात्रै छलेको।
३.
भेटहाेला भनेर धाईधाई आएकाे
निदाईन रातमा छैन केहि खाएको।
४.
हिउँपर्याे सतायाे हिउँदकाे याममा
कठ्याङ्रियाे चिसोले सेकाउनु घाममा।
रामकृष्ण दुवाडी
पाेखरा।
[१३]
१.
जाडो थाम्नु परेको नाना किन्न झरेकाे
ऊनी लुगा तातो छ,फुलबुट्टा भरेको।
२.
हावा चिसो बहन्छ, झुप्रिघर गुमुक्क,
तातो माम खाएर,आगो तापी थुमुक्क।
३.
दिन घाम तापेर, चिसो बाट बचेर,
हाँस्दै खेल्दै रमाउँ,मीठा गीत रचेर।
होम प्रसाद न्याैपाने
धरान, सुनसरी।
[१४]
१.
बाबुनानी ज्ञानी भै बैज्ञानिक पो हुने
लिनुपर्छ उद्देश्य जूनतारा नै छुने।
२.
ज्ञान बुद्धि विवेक पनि तिमी बढाउ
आफूलाई प्रगति उन्नतिमा चढाउ।
डम्बर थामी ‘अनुपम’
कालिन्चोक गाउँपालिका-६,दोलखा।
[१५]
१.
फैलिएको सुगन्ध, भित्र नै छ तनमा
खोजी हिँड्छ कस्तुरी,मृग बन-बनमा।
२.
माया प्रीति ठूलो हो,सम्झी राख मनमा
मरे पछि लाँदैन,पोको पारी धनमा ।
अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
[१६]
१.
हृदयमा चल्दैछ हलचल के गरौँ?
एकोहोरो साँस भो,बाचौं कि त म मरौँ?
२.
फक्रिएको कोपिलो भँवराको शिकार
गजब छ प्रकृति गजबको विचार।
३.
छिनछिन बित्दैछ जून तारा हेरेर
चित्रगुप्त रिसाए राख्दैनन लेखेर।
४.
यौटा पन्ना मलाई राखिदेउ साँचेर
तिम्रो यौटा तस्वीर त्यहाँ राख्छु हाँसेर।
अर्जुन उप्रेती (अप्रतिम)
असम भारत।
[१७]
[१८]
१.
बाबाआमा सँग नै मायालु भनेर
मेरो मान्छे आउने दिनहरु गनेर।
२.
कति दिन्छाै तिमीले चाेटहरु मलाई
किन जान्छाै मायालु भित्री मन जलाइ।
३.
बसेकी छु मायालु दिनहरु गनेर
बाबाआमा छोडेर तिमी नै छाैँ भनेर।
४.
माया प्रती लगानी, यहाँ धेरै गरेका
नजरमा नजर,जुधी दिल हरेका।
५.
छाेराछाेरी तिमीले ,धेरै पिर नगर
हामी पाखे बाआमा,झुपडी नै शहर।
६.
छाेराछाेरी विदेश गएर नै रमाए
लाखौंलाख सम्पत्ति दुःख गरी कमाए।
सहयात्री शाेभा अर्याल
बुटवल रुपन्देही
[१९]
१.
आएपनि तिमी के गरेका छौ र काम,
गएपनि मलाई गर्नु छैन विश्राम।
२.
एक्लै हिँड्नुपर्नेछ जिन्दगीको गोरेटो
बाँडिदैन मायाले त्यो केटी होस् कि केटो।
पौडेल विमुन्स
पोखरा कास्की
[२०]
१.
हाम्रा प्यारा बिरेन्द्र राजा थियौ नेपाल
धेरै माया भएका छाती थियो बिसाल।
२.
नेपालमा सु-शान्ति दया माया दिलायौ
जनताको भरोसा सधैं खुसी मिलायौ।
तारा घिमिरे
संखुवासभा
[२१]
१.
दिल-दिल मिलेमा माया-प्रेम सजिलो
जिन्दगीमा यही हो सुगन्धित भरिलो।
२.
राजा राम बने त रामराज्य भैहाल्छ
कल्पना नि के गर्नु ब्यर्थैमा पो गैहाल्छ।
श्रेष्ठ “परिक्रमा”
धरान- सुनसरी।
[२२]
१.
मायालुको सम्झना हिउँले पो गरायो
चिसोभयो सिरानी निन्द्रा पनि हरायो।
२.
तिमी गयौ माइती एक्लै जाडो खाँदैछु
बुढोगोरु बेचेर मन्डी किन्न जाँदैछु।
रामशरण न्यौपाने
भक्तपुर
[२३]
१.
पुर्णिमाकाे जुन हाै ,शितलता छहारी
हाँसिखुसी भरने तिमी मन विहारी।
२.
पौष याम जाडाेले सतायाेनी सँङ्गिनी
हामी दुई मिलेर न्यानाे भई रँगिनी।
प्रद्युम्न चालिसे
भक्तपुर सुनपा, कटुञ्जे ।
[२४]
१.
पौषे चिसो हावाले,सताएर भुतुक्क
न्यानो लुगा लाएर घुम्न जाउ सुटुक्क ।
२.
खेल्दै हास्दै गाउदै छमछमी नाचेर
माया प्रेम लाएर आत्मा साचि राखेर।
३.
लायो घाम झल्लल चिसो हावा छलेर
दाइ मेरो सुन्दर चिल्लो क्रिम घसेर।
संझना (कुसुम)
कास्की
[२५]
१.
जाडाे बढ्याे पुषमा ताताे ताताे खिलाऔ
प्रकृतिको संसार अनुकूल मिलाऔ।
२.
मायाप्रेम गाँसेर नाचौं गाऔं हाँसेर
मरिलानु के छ र लासमाथि टाँसेर।
त्रिलोचन भण्डारी
मेचीनगर, झापा
[२६]
१.
सोचेजस्तो जिवन, सहमति बनेको
सबैलाई मद्दत मानवता भनेको।
२.
मानवता सोचेर लडाईमा नपरौँ
देशभित्र कहिल्यै विभाजन नगरौँ।
अच्युत घिमिरे
दोभान,सर्पाङ्ग भुटान
[२७]
माता ! तिमी ममता सहयोगकी खानी
हजुरको सधैंभरि बन्छौं कुरा मानी।
जमुना आचार्य
सिन्धुपाल्चोक
[२८]
१.
एकदिन मर्नेहो केही साथ हुदैन
जानुपर्ने एक्लैहो केही लेनै छुदैन।
२ .
मान्छे मान्छे बिचको दुःख सुख भोगाइ
सुख शान्ति पाउँछ हाम्रो राम्रो रोजाइ।
३.
हर क्षण आँसुमा माया छाया बसेको
तुलो छैन विशाल जोखुपोखु कसेको।
अम्विका अधिकारी
झापा विर्तामोड
[२९]
१.
कुरा सुन्छु नराम्राे दुनियाँले खलेकाे
साच्चै हाे कि मायालु मात्र हल्ला चलेको ?
२.
मान्छेहरू देखिन्छन् भित्रभित्रै इखालु
उचाल्न र पछार्न कुरा काट्न सिपालु ।
केशवप्रसाद ढकाल `प्रीतबीज´
गाेरखा
[३०]
१.
घरभित्र बन्धक बस्ने दिन आएछ
गरीबले थाहा छ कति दु:ख पाएछ।
२.
खेतबारी खनेर जीवनको भारमा
सधैभरि बसेका हामी मात्र हारमा।
ललिता अभागी
सुनकोशी-५ सिन्धुली
>>> जय टुक्का! जय साहित्य!! <<<
प्रतिक्रिया