कविता:एउटा विहानीको कथा,

रामप्रसाद खनाल २०७८ पुष २० गते ३:०२ मा प्रकाशित

घुप्प चकमन्न रातमा
झांउकिरीको गनगन संग
सम्झौता गर्छ रात र विहानीको बाटो हेर्छ,

विहानी,
चिसो शीतमा अलमस्तिएर,
सुस्तरी आँखा उघार्छ,मुसुक्क हास्छ,
उज्यालो छर्छ र सुस्तरी आड्ग तान्छ,
र भूईंलाइ लम्पसारिएर,
अभिवादन गर्छ ।

र दिन ,
यौवनको पूर्ण आवरणमा सजिएर
दैलौमा आफूलाइ फैलाएर
प्रकाश छर्न पाएकोमा
धन्य ठान्छ,

उज्यालो हुनासाथ
चराहरू चीरवीर चीरवीर गर्दै
बाच्ने जोहो गर्छन्,
पानीहाँसहरू पोखरीमा अलमस्तिर तैरिन्छन्,
भूराहरू वल्छी हालेर माछा मार्न वस्छन्,
खर्पनमा रायोको साग, चमसुर पालुड्गोहरू,
काधं चढेर शहर पस्छन् !

हुस्सु लागेको विहानी,
पाहाडको कुहिनोवाट घाम शनै शनै
चियाएर विस्तारै सारनकोटको कफी टेवुलमा
थपक्क लम्पसारिन्छ,
हिमाल हांसेर उज्यालो अनुहारले
आकासतिर हेरेको देखिन्छ,
चारै तिर जीवनका प्रतिक र विम्वहरू,
चलवलाउंछन्,
फेरि रात पर्छ,

थकान मेटने वहानामा रक्सी धोक्छन कोही,
त कोही भोकै सुत्छन्,
फेरि विहानी आऊंछ,
फेरि,चराहरू चीरवीर चीरवीर गर्छन,
फेरि उज्यालो हुन्छ,
जीवन सलवलाउछन्,
फेरि अविरल कथा वन्छ
र, यसरी शुभारम्भ हुन्छ,
एउटा नयाँ विहानीको कथा !

-सुशील नेपाल

१/३/२२

राजमित्र प्रांगण,
माल्डेन,बोस्टन,
अमेरीका

रामप्रसाद खनाल

पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।

प्रतिक्रिया