विराटनगर, १९ पुस।नेपाल कम्यूनिस्ट पार्टी( एमाले)का उपमहासचिव पृथ्वी सुव्वा गुरुङले प्रदेश नं १ लगायत अन्य स्थानमा राष्ट्रिय सभाको निर्वाचनमा पार्टीका उम्मेदवार विजयी हुने बताउनु भएको छ।
प्रेस चौतारी नेपाल,मोरङद्वारा आज साँझ यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले केही मत कम भएपनि राप्रपा लगायत अन्य राष्ट्रिवादी,अग्रगामी र प्रगतिशिल पार्टीहरुवीच गठबन्धनवाट पार्टीका उम्मेवार विजयी हुने दावी गर्नु भयो ।
गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री समेत रहनु भएका गुरुङले मुलुकमा अहिले सङ्घीयताको जग बसेकोले यसलाई सुदृढीकरण गर्न प्रदेश सरकारले कामलाई गतिदिनुका साथै कर्मचारी व्यवस्थापन, कानून निर्माण गर्नुपर्ने आवश्यक्ता औल्याउनु भयो।
एक प्रश्नको जवाफमा सङ्घीय सभामुख निपक्ष नभएसम्म एमाले संसद अवरुद्ध गर्ने बताउनु भयो।
उपमहासचिव सुव्वाले ५०० मिलियन डलर( ५५÷५६ अर्व) रकमको एमसिसि पास नभए पनि नेपालको विकास अवरुद्ध नहुने बताउर्दै एमाले यसलाई अहिले पास गर्ने पक्षमा नरहेको जानकारी दिनु भयो।
प्रतिक्रिया