आशु झारी नरोउ भनि तिमिलाई……………..
आशु झारी नरोउ भनि तिमिलाई भन्नु पर्या छ
मनलाई कठोर बनाएर प्रदेश जानु पर्या छ
तिमि सँग मेरो भेट हुन्छ हुदैन केहि थाहा छैन
तिमि शहरमै हुन्छौ कि यहि गाउँमा हुन्छौ केहि थाहा छैन
तिमिलाई भेटौला भनि बाचा गर्नु पर्या छ
मनलाई कठोर बनाएर प्रदेश जानु पर्या छ
मन भरि तिम्रो माया हिड्दा देख्छु तिम्रै छायाँ
दिलमा तिम्रै तस्बिर राखेको छु मन भरी तिम्रै माया
तिमिलाई छोडेर त्यो बिरानो शहर जानु पर्या छ
मनलाई कठोर बनाएर प्रदेश जानु पर्या छ
मनमा कुरा धेरै थियो मनमा नै रह्यो
तिम्रो सम्झनामा यि नयनहरु बाट आसु झरी रह्यो
आफैलाई बिर्सियर त्यो शहरमा जानु पर्या छ
मनलाई कठोर बनाएर प्रदेश जानु पर्या छ
तिमिलाई भेटछु प्रिय आउछु तिम्रो घर
सिन्दुर हाली लैजान्छु मलाई तिम्रै छ भर
– गोबिन्द राज ओझा
प्रतिक्रिया