काठमाडाैँ, टुक्का साहित्य समाजकाे आयाेजनामा प्रथम टुक्का वार्षिकाेत्सव शनिवार सम्पन्न भएकाे छ।
नेपाली साहित्य आकाशमा प्रयाेगवादी लधुत्तम नवकाव्यिक विधा “टुक्का कविता” लेखनकाे ओैपचारिक शुरुवात भएकाे एक बर्ष पुरा भएकाे अवसरमा ३ दिने प्रथम टुक्का वार्षिकाेत्सव कार्यक्रम अन्तर्गत पहिलाे दिन पाैष १५ गते टुक्का कार्यशाला गाेष्ठी,दाेस्राे दिन शुभकामना टुक्का लेखन अभ्यास र तेस्राे दिन शुभकामना आदानप्रदान कार्यक्रम गरिएकाे थियाे।
टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईंकाे अध्यक्षतामा शुभकामना आदान प्रदान कार्यक्रम सञ्चालन गरिएकाे थियाे।भर्च्युअल माध्यमबाट सञ्चालित उक्त कार्यक्रममा टुक्का वाचन तथा शुभकामना आदानप्रदान गरिएकाे थियाे।
कार्यक्रमकाे प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा.देवी पन्थी,विशिष्ट अतिथिहरू डा.घनश्याम परिश्रमी तथा तिला लेकाली,अतिथिहरू अरुण नदी खत्री,साेमनाथ लुइटेल रवि,सुशीला पाैडेल लगायत टुक्का साहित्य समाजका पदाधिकारीहरू,टुक्का अभियन्ताहरू तथा टुक्का सर्जकहरूकाे उपस्थिति रहेकाे थियाे।कार्यक्रम अपरान्ह ४ बजे देखि करिब ७ बजेसम्म सञ्चालन भएकाे थियाे।
कार्यक्रममा अध्यक्ष चापागाईले टुक्काकाे ऐतिहासिक वार्षिक प्रगति विवरण तथा आगामी कार्ययाेजना प्रस्तुत गर्नुकाे साथै टुक्का साहित्य समाजका सल्लाहकार तथा पदाधिकारीहरू,टुक्का अभियन्ताहरू,देश विदेशमा रहनु भएका टुक्काकारहरू,टुक्का प्रेमीहरू,साहित्यकारहरू,पत्रकारहरू,प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा टुक्काकाे उन्नयनमा सहयाेग पुर्याउनु हुने विभिन्न संघ संस्थाहरू लगायत सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै प्रथम टुक्का वार्षिकाेत्सवकाे मंगलमय शुभकामना व्यक्त गर्नु भएकाे थियाे।
कार्यक्रमका प्रमुख अतिथि डा.देवी पन्थी ले लघुत्तम नवकाव्यिक विधा टुक्का हालकाे व्यस्त समयकाे सदुपयाेग गर्दै छाेटाे समयमा लेख्न र पढ्न सकिने समय सापेक्षिक नव काव्यिक विधा भएकाेले सबै मिलेर यसकाे संरक्षण र उन्नयनमा विशेष पहल गर्नु पर्ने भन्दै प्रथम टुक्का वार्षिकाेत्सवकाे अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएकाे थियाे।
त्यसै गरी डा.घनश्याम परिश्रमी,तिला लेकाली,अरुण नदी खत्री,सुशीला पाैडेल लगायतले टुक्का वाचन तथा प्रथम टुक्का वार्षिकाेत्सवकाे अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएकाे थियाे।
कार्यक्रमकाे सन्चालन टुक्का अभियन्ताद्वय भगवती दवाडी तथा दुर्गा आचार्यले गर्नु भएकाे थियाे।
प्रतिक्रिया