पथरी।मोरङको कानेपोखरी–७, स्थित कानेपोखरी जङ्गल क्षेत्रमा अचेत अवस्थामा भेटिएकी एक १९ बर्षिय किशोरीको उपचारको क्रममा मृत्यु भएको छ।
सुन्दरहरैचा नगरपालिका– १ स्थितका डिल्लिराम आचार्यको घरमा बस्दै आएकी १९ बर्षिय कमला आचार्यको १३ गते (मङ्गलबार) अपरान्ह् ४ बजे विराट नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको हो । उर्लाबारीको राधिकामा माविमा बालि विज्ञान (प्लान्ट साईन) को कक्षा १२ भखरै पास गरेकी छात्रा हुन्।
१ बजे मुख्य सडक दक्षिणमा जङ्गलमा फेला परेकी थिइन।पूर्वपश्चिम राजमार्गदेखि ४० मिटर दक्षिण डाँस मोरङ्गी सामुदायिक वन क्षेत्रमा घास दाउरा ल्याउने जाने महिलाहरुले पुस १२ गते दिउँसो १ बजे अचेत अवस्थामा भेटेका इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।
जङ्गलमा एक्लै पानी पानी भन्दै चिच्याइ रहेकी कमला आचार्यलाई उनिहरुले भेटेपछि प्रहरी बोलाएर उद्दारको प्रयास भएका थिए।कानेपोखरी अस्थाई प्रहरीका प्रहरीले कमलालाई तत्काल पथरीको अस्पताल भर्ना गरेको थियो।पथरीको अस्पतालमा आफन्तले लुगा फेर्दिन खोज्दा गुप्ताङ्गमा ब्लड देखिएको थियो।
जङ्गलमै पानी पानी भन्दै हिरिक, हिरिक गर्दै गरेको अवस्थामा फेला परेकी कमलाले आफूले मुसालाई दिने बिष सेवन गरेको बताएकी थिइन्।किन बिष सेवन गरेकी हुन सोध्ने क्रममै बेहोस भएपछि आचार्यलाई थप उपचारका लागि विराट नर्सिङ होम, बिराटनगर लगिएको थियो।
आचार्य काकाको घरबाट तीनदिन अघि (१० गते) साथीकोमा जाने भनेर हिडेकी थिइन्।उनि सुन्दरहरैंचा नगरपालिकाको कृषि शाखामा ६ महिनाको लागि ओजेटी गर्दै गरेकी राधिका माविका बालि बिज्ञानका शिक्षक नविन सुवेदीले बताए।
कमलाले भखरै कक्षा १२ पास गरेकी र उनी सुन्दरहरैंचा नगरपालिका कृषि शाखामा ६ महिनाको ओजेटीमा सक्न १ महिना बाँकी रहेको शिक्षक सुवेदीले बताए।तीन दिने कृषिको सुन्दरहरैंचाको तालिममा गत शुक्रबार र शनिबार तालिम लिएर बेलुका हिडेकी कमला आइतबार तालिममा उपस्थित नभएको शिक्षक सुवेदीले बताए।शनिबार तालिम सकेपछि कृषि शाखाको प्रमुख फडिन्द्र भण्डारीले विराटचोकको बुधबारेसम्म कमलालाई पुर्याई दिएका थिए।
कमला आचार्यको स्थायी घर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ हो।उनी कृषि विषय बालि विज्ञान अध्ययन गर्न सुन्दरहरैंचा आफ्नो काकाकोमा बस्दै आएकी थिइन् । कानेपोखरी जङ्गलमा एक्लै युवति किन,आएकी थिइन्? यी लगायतको बिषयमा जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।मृतक युवतीको शव पोस्टमार्टम् दाह संस्कार भएको उनकी काकी अनिता आचार्यले बताएकी छन्।
प्रतिक्रिया