काठमाण्डौ – गायक प्रबेश राईको सुमधुर स्वरमा सजिएको ‘अनलाईन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। अमेरिकामा बस्दै आएका गायक राईले नयाँ वर्ष २०२२ को कोसेली स्वरूप यो गीत ल्याएका हुन्। यस गीतमा स्वर , शब्द र संगीत स्वयम् गायक प्रबेश राईको रहेको छ।
गीतलाई जीआर उप्रेतीले संगीत संयोजन गरेका हुन्। आजको युवा पुस्तामा फेसबुक मार्फत व्यक्त गर्ने प्रेम र भावनालाई गीतमा व्यक्त गरिएको छ। अनलाईनमा भएकी प्रेमिकाले म्यासेजमा जवाफ नफ़र्काउदाको बेखुशी भिडियोमा प्रस्तुत गरिएको छ।
म्युजिक भिडियोमा गायक प्रबेश राई, श्रीजना भुजेल र बादल मगरको अभिनय रहेको छ। भिम लामिछानेले छायाँकन गरेको भिडियोलाई राजेश शाहले सम्पादन गरेका हुन्। प्रबेश, प्रज्वल र सागरको परिकल्पनामा तयार पारिएको भिडियोलाई ‘ओएसआर डिजिटल’को आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो।
प्रतिक्रिया