सुनसरी।विदेशमा रहेका श्रीमानलाई छोडेर भागेकी इटहरीकी मन्जु राई भेटिएकी छिन्।इटहरीबाट भगाउने सञ्जय दर्जीसहित राईलाई भेटिएको हो।१ महिनादेखि उनीहरु भागेका थिए।श्रीमान विदेशमा रहेको अवस्थामा राई र दर्जीबीच हिमचिम बढेको थियो।राईका श्रीमान समेत विदेशबाट फर्किएका छन् भने दर्जीकी श्रीमति अन्जु दर्जी र ५ बर्षका छोराको पनि विजोग भएको छ।राईकी ४ बर्षकी छोरी छिन्।सौता मन्जु र अन्जुबीच भेट भएपछी हानाहान भएको छ।प्रहरीले परिवारको रोवहरमा छोडेको छ। कानुनी प्रक्रिया अघि बढाउने सहमतिपछि उनीहरुलाई इलाका प्रहरी कार्यालय इटहरीले परिवारको रोहवरमा छोडेको हो।८ महिनादेखि मन्जु र सञ्जयबीच प्रेम रहेको खुलेको छ।
https://www.youtube.com/watch?v=sg5cN0KeFYA&t=25s
प्रतिक्रिया