नायिका रेखा थापा भन्छिन म एकपल्ट फेरी विवाह गर्न चाहन्छु, मेरो विवाह समाजमा उदाहरण होस (भिडियो सहित )

इनेप्लिज २०७८ पुष १४ गते १३:१० मा प्रकाशित

रेखा थापा नेपाली फिल्म क्षेत्रकी चर्चित नायिका हुन्। फिल्म निर्देशक पनि बनिसकेकी रेखा अहिले एक्लै छिन्।निर्माता छविराज ओझासँग सम्बन्ध विच्छेद भएपछि उनले विवाह गरेकी छैनन्।विवाहबारे उनलाई हरेक कार्यक्रममा प्रश्न गरिन्छ। उनी मिलाएर जवाफ पनि दिन्छिन्।

आफन्तसँग भेट हुँँदा होस् वा मिडियामा अन्तर्वार्ता दिँदा नै किन नहोस्,उनलाई विवाहको प्रश्न अनिवार्य आउँछ।अचेल भने उनले चाँडै विवाह बन्धनमा बाँधिने तयारीमा रहेको बताउँदै आएकी छन्।

हालै एक अन्तर्वार्तामा रेखाले २०७९ सालभित्र आफू वैवाहिक जीवनमा बाँधिन सक्ने बताएकी छन्।अहिले आफू केटाको खोजीमा रहेको उनको भनाई छ।इन्डस्ट्रीभन्दा बाहिरको व्यक्तिसँग घरजम बसाउने योजनामा रहेकी उनी आफ्नो लभ र एरेन्ज दुवै हुन सक्ने बताउँछिन्।

आफ्नो हुनेवाला श्रीमान् आफू जस्तै मन र कुरा मिल्ने होस् भन्ने उनको इच्छा छ।रेखाले अन्य नायिकाको जसरी आफूले तामझामसँग बिहे नगर्ने पनि जानकारी दिएकी छन्।

उनी भन्छिन्,‘म यो देशको साधारण मानिस हुँ।मेरो कदमले म जस्तै विवाह गर्न चाहने युवतीले आफ्नो आमा बुबालाई यस्तै बिहे गर्दिनु पर्छ भनेर दुःख नदिउन्।तपाईंहरुले अन्य नायिकाको जस्तो विवाह देख्नुभएको छ,मेरो त्यस्तो हुँदैन । मैले ‘अँ बिहे गरेँ’ भनेर जानकारी गराउन सक्छु।’

नेपालमा कुनै क्षेत्रमा कुनै व्यक्तिले आजसम्म महान कार्य नगरेको र नेपाली फिल्म क्षेत्रमा ‘महान’ भनेर दिने ट्याग नसुहाउने पनि उनको तर्क छ।यस्ता ट्याग लिने र दिने दुवैलाई लाज हुनुपर्ने उनी बताउँछिन्।

‘फिल्म बनाएर मैले केही परिवर्तन गर्ने कोशिश गरेँ भन्दैमा मलाई महान नबनाइदिनुस् । म महान होइन । मेरो महानता देखाउने अझै धेरै सिरिजहरु बाँकी छन्,’ उनले भनिन्।

प्रतिक्रिया