सोलु दुधकोसी हाईड्रोपावरमा कार्यरत दुई जना इन्जिनियरको मृत्यु

इनेप्लिज २०७८ पुष १३ गते १:१८ मा प्रकाशित

सोलुखुम्बु।सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षणका क्रममा दुई जना इन्जिनियरको मृत्यु भएको छ। थुलुङ दुधकोशी गाउँपालिका–३ मा निर्माणधिन हाइड्रोपावरमा कार्यरत ईन्जिनियर अर्जुन थापा र सुवासराज रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

पावर परीक्षण गर्न पाइपमा हालेको पानीको फोहोराले उछिट्याउँदा उनीहरुको मृत्यु भएको हो।अछाम घर भएका सुवासराज रेग्मी माच्छापुच्छ्रे मेटल एण्ड मेकानिकल कम्पनीबाट त्यहाँ खटिएका थिए।काभ्रेको धुलिखेल घर भएका अर्जुन थापा सो कम्पनीको कन्सल्ट्यान्ट इन्जिनियर हुन्।

सुरुङमार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनामा पानी परीक्षण गर्ने क्रममा पाइप विस्फोट हुँदा उनीहरुको मृत्यु भएको छ भने परियोजना व्यवस्थापक गम्भीर घाइते भएका छन्।आइतबार साँझ फलामको पाइपमा पानी हाल्ने क्रममा पाइप पड्किएपछि उक्त घटना भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया